'चंखे शंखे पंखे' घोषणा । पंखे बन्दै सुदर्शन ।

chankhe-shankhe-pankheकमेडी जनरामा फिल्म ‘चंखे शंखे पंखे’ बन्ने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन । सुदर्शनको यो छैटौ फिल्म हुनेछ । फिल्ममा सुदर्शन आफै एक मुख्य रोलमा अभिनय गर्दैछन ।
फिल्मको घोषणा गरिरहँदा सुदर्शनले स्व. निर्देशक आलोक नेम्वाङलाई पटकपटक सम्झिए । आलोककै कारण आफु यो स्थानमा रहेको बताउदै उनले आलोककै खातिर ‘चंखे शंखे पंखे’लाई उत्कृष्ट बनाउने दाबी गरे । सुदर्शनले आलोकको अन्तिम फिल्म अझै पनिबाट रजतपटमा हिरो बनेका हुन । यसअघि उनले केहि फिल्म निर्देशन गरेर निर्देशकको छवि बनाएका थिए ।
कमेडी जनरामा रहेर राष्ट्रप्रेम झल्किने फिल्म ‘चंखे शंखे पंखे’ मा सुदर्शन पंखेको क्यारेक्टरमा देखिनेछन । चंखेको रोलमा भने सुवास थापा र शंखेको रोलमा नवनायक प्रेम पुरी देखिनेछन । chankhe-shankhe-pankhe2उनीहरुलाई नायिकाद्धय नन्दिता केसी र पुजा शर्माले साथ दिनेछन । त्यसबाहेक  प्रमोद अग्रहरी, राजाराम पौडेल,  श्याम राई, ध्रुव कोइराला र रविन्द खड्का को पनि फिल्ममा अभिनय रहनेछ । यहि बिहिवार देखि छायाँकन सुरु हुने फिल्ममा राजेश श्रेष्ठको छयांकन, ताराप्रकाश लिम्बुको सँगीत, गोविन्द राईको नृत्य तथा अष्ट महर्जनको द्धन्द रहनेछ । करिब ८० लाखको प्रारम्भिक बजेटमा निर्माण हुन लागेको यो फिल्मको सम्पूर्ण छायाँकन काठमाण्डू उपत्यकामा हुने निर्देशक थापाको भनाई छ ।
फिल्मलाई नयाँ निर्माता सन्तोष सेन ठकुरीको कम्पनी आसुसेन फिल्म प्रोडक्सनले निर्माण गर्न लागेको हो । ठूलो जोश बोकेर आएका यी नयाँ निर्माताले बोलेर भन्दा उत्कृष्ट फिल्म बनाएर  उद्योगका लागि एउटा ईटा थप्ने प्रयास सधै गरिरहने उदघोष् गरेका  छन् । chankhe-shankhe-pankhe1

Namaste Filmy

Read Previous

गढिमाईमा पशुबली रोक्न हलिउड स्टारको पत्र ।

Read Next

'नाइके'को अडियो बिमोचन ।