हास्य कलाकारले दिए देश बनाउने संदेश

राजु चौधरी चितवन, फागुन १०
देशमा राजनितिक अस्थिरताले गर्दा अहिले नेपाली युवाहरु पलायन हुने अवस्थामा पुगेका छन् । देश विकासमा हिड्ने युवाहरु विदेशीनु परेको छ । यसको मुख्य जिम्मेवार राजनितिक दलहरु नै हुन् । यही कुरालाई हास्य टेलिऋंखला ‘मेरी बास्सै’ का हास्य कलाकारद्वय मुस्कान पासा र बल्छी ध्रुवेले हास्य प्रहशनबाट उतोरपछि दर्शकको ताली गडगडाहत बज्यो ।
भरतपुरमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० अन्तरगत आज दशौं दिन चर्चित कलाकारहरुको प्रहशनले दर्शकहरु मन्त्रमुग्ध भए । राजनितिक दलको कारणले देश विग्रिएको संदेश दिई रहेका बेला दर्शकको आ“खा रसाएका थिए । दुवै कलाकारले नेपाली जनताले नेताहरुप्रति खबरदारी गर्नुपर्ने संदेश दिए ।
1940128_771900822860586_1202092976_n
दर्शकहरुले भरिभराउ प्रदर्शनी स्थलमा हास्य प्रशासनले गर्दा दर्शकहरु झुमिएका थिए । त्यस्तै प्रदर्शनीमा चर्चित गायक मिलन लामा, हरि योञ्जन, र लोकदोहोरी टोलीले सांगितिक यात्रा तताएका थिए भने रत्ननगर कलामन्दिरका कलाकारहरुको नृत्य प्रस्तुती, मिस डिभा चितवनका टप १० प्रतिस्पर्धीको ¥याम्पले झनै माहोल तताएको थियो ।
1957403_771900782860590_1872002462_n
गायक मिलन लामाले पनि माझी दाई, पोखरा फेवा ताल, सुन्ताला र स्याउ, बेसारको मन, घरमा पराल बारीमा बन्सोलगायतका चर्चित गीत प्रस्तुत गरेका थिए । उनको गीतमा पनि प्रदर्शनी स्थलमा भरिएका दर्शकहरु झुमिएका थिए । त्यस्तै गायक हरि योञ्जनले ‘हे शिमरन‘ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शकहरु उफ्रिएर मनोरञ्जन लिएका थिए । यसैगरी चितवन आईडल केदार बडुवाल क्षेत्री, फस्ट रनरअप सुरेश लामा, सेकेण्ड रनरअप नवराज श्रेष्ठको सांगितिक प्रस्तुती रहेको थियो ।
प्रदर्शनी अन्तरगत ११ औं दिन भोली समापन कार्यक्रम हुदैछ । दिउ“सो एक कार्यक्रमका बीच प्रदर्शनीको समापन हहुने उद्योग संघका अध्यक्ष एवं प्रदर्शनी मुल आयोजक समितिका संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
डान्सिङ स्टारको फाईनल भोली
यसैबीच प्रदर्शनी अन्तरगतको डान्सिङ स्टारको फाईनल पनि भोली नै हुदैछ । प्रदर्शनी अवलोकन गर्ने सर्वसाधारणको टिकटबाट दिइएको भोट र निर्णायकको निर्णयको आधारमा छानिएका टप ७ बाट डान्सिङ स्टार छानिदै छ । टप ७ मा छैनाट हुनेहरुमा कोड नम्बर ४ का विपिन पोखरेल, कोड नं १८ की सम्सा क्षेष्ठ, कोड नं १५ की सरिना पौडेल, कोड नं ८ की प्रतिक्षा पौडेल, कोड नं १० की रेशा आले, कोड नं २१ की रेविना गिरी र कोड नं ६ की पूजा रसैली रहेका छन् ।
उनीहरुको भोली (आईतबार) नै फाईनल प्रतिस्पधाबाट छना्रट गरिने कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले जानकारी दिनुभयो । डान्सिङ स्टारमा माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय, कलेजहरुका विद्यार्थीले सहभागिता जनाएका छन् । डान्सिङ स्टार हुनेले नगद २५ हजार १ सय ५१ रुपैया“, द्वितिय हुनेले नगद १५ हजार १ सय ५१, तृतीय हुनेले नगद ७ हजार १ सय ५१ र सान्त्वना हुनेले नगद ४ हजार १ सय ५१ रुपैया“ पुरस्कार पाउने कला तथा सा“स्कृतिक व्यवस्थापन समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

Namaste Filmy

Read Previous

पुरोषोत्तम प्रधानले मलेसियामा 'ब्ल्याक एण्ड ह्वाइट' खिच्दै ।' हिम्मतवाली'को सुटिंग सर्न सक्ने !

Read Next

अगामी बैशाखमा तामाङ चलचित्र अवार्ड हुने ।