'महाभारत'का निर्देशक रवि चोपडाको निधन ।

ravi_chopra_65-0_111214054218लोकप्रिय धाराबाहिक ‘महाभारत’को निर्देशक रवि चोपडाको निधन भएको छ । ब्रीच कैंडी अस्पतालमा बिहिबार बिहान उनको निधन भएको हो । स्वस्थ्यमा गम्भीर समस्या देखिएपछि चोपडालाइै बुधबार अस्पताल भर्ना गरिएको थियो । तर बिहिबार बिहान ३ बजे उनले प्राण त्यागे । ६८ बर्षीय चोपडा पछिल्लो केहि बर्षयता फेफडेको बिरामी थिए ।
रवि चोपडा मशहुर फिल्म निर्माता तथा निर्देशक बी आर चोपडा को छोरा तथा यश चोपडाका भतिजा हुन । उनले अमिताभ बच्चको को जमिर, बागवान, बाबुल सँगै द बर्निङ ट्रेन, मजदुर जस्ता कयौं हित फिल्म निर्देशन गरेका छन । उनले टेलिभिजनमा चर्चित धराबाहिक महाभारतको पनि निर्देशन गरेका थिए ।

Namaste Filmy

Read Previous

रिया श्रेष्ठले यसरी रात रंगाउने गर्छिन हेर्नुहोस (भिडियो सहित )

Read Next

आर्यन भन्छन 'हुँ म नाइके' । भिडियो ।