फ्राइडे रिलिज: “जेरी”

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार बाट नेपाली कथानक चलचित्र “जेरी” रिलिज भएको छ । शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “जेरी”को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
“जेरी’
jerryy - namastefilmy
फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार बाट देशका ७० वटा प्रमुख सिनेमा घरमा नेपाली कथानक चलचित्र “जेरी’ रिलिज भएको छ ।नायक भुवन केसीक छोरा तथा होस्टेल डेबू नायक अनमोल केसी अभिनित चलचित्र “जेरी’लाई मल्टिप्लेक्सले आकर्षक सोज उपलब्ध गराएको छ ।होस्टेल फिल्मकै निर्देशक हेमराज बिसीले निर्देशन गरेकोमा अनमोललाई चकलेटी ब्यायको रुपमा देख्न सकिन्छ । चलचित्र ‘जेरी’मा अनमोल केसीको अलाबा अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।चलचित्रलाई मनोज शेरचन र सम्राट गौचनले निर्माण गरेका हुन् ।चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन ,शैलेन्द्र डि. कार्कीको छायाँकन,कथा सम्राट प्रसाद गौचनको रहेको छ ।मुस्ताङको मनमोहक लोकेसनमा खिचिएको सिनेमाले हिमालपारिको जिल्लाको पर्यटनमा टेवा दिने आशा गरिएको छ ।
टेलर हेर्नुहोस :

Namaste Filmy

Read Previous

लागुऔषध तस्करीमा पक्राऊ परिन् यी अभिनेत्री ।

Read Next

पुस्करले अर्को चलचित्र निर्माण गर्दै । नायकमा जीबन लुइटेल अनुबन्धित