अगामी बैशाखमा तामाङ चलचित्र अवार्ड हुने ।

फाल्गुन ११ ।
तामाङ भाषामा निर्माण भएका फिल्महरुलाई समेटेर तामाङ फिल्म अवार्डको आयोजना गरिने भएको छ । तामाङ फिल्मकर्मीहरुको एकमात्र छाता संगठन तामाङ चलचित्र संघको आयोजनामा अवार्ड कार्यक्रम हुने भएको हो । कार्यक्रम आउदो बैशाखको तेस्रो सातातिर सम्पन्न गरिने चलचित्र संघका अध्यक्ष जेनिश दोङले बताउनुभयो ।tbb_823तामाङ फिल्महरु निर्माण हुने क्रम पछिल्लो समय बाक्लिएको र फिल्महरु गुणस्तरको हिसाबले पनि सुधारोन्मुख  रहेकोले फिल्मकर्मीहरुलाई अझ प्रोत्साहन दिन उद्देश्यले अवार्डको आयोजना गरिएको दोङको भनाई छ । अवार्ड कार्यक्रममा २०६५ साल यता निर्माण भएका करिब ३० वटा फिल्महरुको सहभागिता रहने अपेक्षा गरिएको छ । तामाङ फिल्म अवार्ड २८५० को रुपमा सम्पन्न हुने अवार्ड कार्यक्रममा विभिन्न २१ बिधामा अवार्ड बितरण गरिने कार्यक्रम संयोजक दिपेन्द्र दोङले जानकारी दिनुभयो । उनले कार्यक्रममा तामाङ फिल्ममा अहिलेसम्म उल्लेख्य योगदान पुर्याउने फिल्मकर्मीहरुलाई सम्मान गरिन पनि बताउनुभयो । शनिबार सम्पन्न भएको तामाङ चलचित्र संघको भेलाले कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

Namaste Filmy

Read Previous

हास्य कलाकारले दिए देश बनाउने संदेश

Read Next

नाङिगएकि बलिउड हिरोइनहरु । फोटो हेर्नुहोस ।