पोखरामा मेन्टलको च्यारिटी सो सम्पन्न, कथा र अभिनय उत्कृष्ट रहेको दर्शकहरुको प्रतिक्रिया

शुसन घिमिरे
पोखरा, ३० कात्तिक
mentaनेपाली कथानक चलचित्र मेन्टलको पोखरामा च्यारिटी शो सम्पन्न भएको छ । सरोज पौडेल निर्देशनमा बनेको सो चलचित्रमा नव नायक प्रथम खड्का को मुख्य भूमिका रहेको छ । मेन्टल मा बढ्दो बेरोजगारका कारण युवापुस्ताले भोग्नुपरेको समस्यालाइ मुख्य बिषयबस्तु बनाईएको छ ।पोखराको रामबजारस्थित श्रीकृष्ण प्रणामी बृद्धाश्रमको सहयोगार्थ पोखराका बाराही क चलचित्र मन्दिरमा मा प्रदर्शन भएको सो चलचित्रको यसअघि काठमाडौ, बाग्लुङ, बुटवल लगायतका सहरमा च्यारिटी शो भैसकेको छ ।चलचित्र हेरिसकेपछि दर्शकहरु ले चलचित्रको कथा र नब नायक खड्का को अभिनय उत्कृट रहेको प्रतिक्रिया दिएका थिए ।केहरसिह भण्डारी, हरि क्षेत्री, बसन्त बर्मा, सुदन धिताल लगाएतले फिल्म मा लगानी गरेका हुन् ।चलचित्रमा प्रथम को साथमा पूजा भट्ट, सुरवीर पण्डित, मदन सिटौला लगायतको मुख्य भूमिका रहेको छ ।

Namaste Filmy

Read Previous

"लव सब"को अफिसयल गीत रिलिज (भिडियो सहित )

Read Next

‘जेरी’ गुलियो पनि र रसिलो पनि