नायिका शिल्पा पोखरेलले एक्कासी विवाह गरेपछि ।

Shilpa_pokhrelराम्रो ब्यापार गर्न सफल फिल्म लज्जाबाट कलिउड डेब्यु हिरोइन शिल्पा पोखरेलले अचानक विवाह गरेकी छिन । उनी यसै साता राजधानीमा दुलहीको पहिरनमा भेटिएकी हुन । उनीसँगै उनको दुलहा भने पत्रकार श्रीकृष्ण न्यौपाने थिए ।
वास्तवमा श्रीकृष्ण र शिल्पाले साच्चै विवाह गरेको नभई यो एउटा अभिनय मात्र थियो । प्रमोद खरेलको एक नयाँ गीतको म्युजिक भिडियोमा यी दुईले विवाह गरेका हुन । उक्त भिडियो केहि दिनपछि आउने बताइएको छ ।
भिडियोमा नायक जिवन लुईटेललाई पनि देख्न सकिनेछ । गीतमा टिका भण्डारीको सँगीत रहेको छ ।
शिल्पा नायिका हुनुभन्दा अघि म्युजिक भिडियोमा जमेकी मोडल हुन । उनले पछिल्लो समय छविराज ओझाको दुई फिल्महरुमा अभिनय गरिसकेकी छिन।

Namaste Filmy

Read Previous

अर्कोपटक नेपाल आउँदा छोरीहरु ल्याउँछु- सुस्मिता सेन।

Read Next

नेपाल आउँदै सोनु निगम र कमेडियन कपिल ।