नेपाल आउँदै सोनु निगम र कमेडियन कपिल ।

sonu-nigam-kapil-sharmaभारतका चर्चित गायक सोनु निगम र कमेडियन कपिल शर्मा नेपाल आउने कार्यक्रम तय भएको छ । उनीहरु आउँदो मंसिर २७ गते दशरथ रंगशालामा आयोजना हुने पर्पलफेस्ट मा प्रस्तुति दिन सोनु र कपिल नेपाल आउन लागेका हुन । एनसेलको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा सोनु निगमले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन । त्यस्तै कपिलले पनि नेपाली दर्शकलाई पेट मिची मिची हसाँउनेछन । कमेडि वीथ कपिल नामक शो सञ्चालन गर्दै आएका कपिलको नेपालमा यो नै पहिलो शो हुनेछ ।
सोनु र कपिलसँगै नेपाली गायक सुगम पोखरेल, यमबुद्ध, हास्यकलाकार जितु नेपाल तक्मे बुढाले पनि प्रस्तुति रहनेछ । purplefest

Namaste Filmy

Read Previous

नायिका शिल्पा पोखरेलले एक्कासी विवाह गरेपछि ।

Read Next

'किल दिल'को कमाई दुई दिनमा १३ करोड ।