गजितलाई आफ्नै छोरीले फसाएपछि । भिडियो ।

[dropcap]प्र[/dropcap]तिक्षित सिनेमा ‘लभ यु बाबा’को आफिसियल हल ट्रेलर बाहिरीएको छ । ट्रेलरमा बाबु छोरीबीचको प्रेम, माया र संवेदनालाई चित्रण गरिएको छ । फिल्मका प्राय सबै कलाकारहरु ट्रेलरमा फिचरिङ छन । love-u-baba-gajitrआठ बर्षीय निर्देशक सौगात बिष्टले निर्देशन गरेको फिल्म डान्स फिभरको प्रस्तुतिमा बनेको फिल्म हो । सम्झना पोखरेल फिल्मकी निर्मात्री हुन भने रोशनी बज्रचार्य सहनिर्मात्री हुन । फिल्ममा गजित बिष्ट, संगम बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल, अर्जुन गुरुङलगायतको अभिनय रहेको छ । यसअघि फिल्मका केहि साँगितिक प्रोमोहरु र गीतहरु सार्वजनिक भइसकेका छन । ती सबैलाई दर्शकले रुचाइसकेका छन ।
फिल्मका निर्देशक सौगात बिष्ट अभिनेता गजित बिष्टका छोरा हुन । उनी बिश्वकै सबैभन्दा साना निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारीमा छन ।

Namaste Filmy

Read Previous

'किल दिल'को कमाई दुई दिनमा १३ करोड ।

Read Next

'१८ नोभेम्बर'मा विवाह गर्नेवाला थिए सलमान ।