ठुलो आर्थिक संकटमा केकीको परिवार । घर लिलाम हुन सक्ने ।

keki-adhikari [dropcap][/dropcap]छिल्लो समयको ब्यस्त नायिका केकी अधिकारीको परिवार ठुलो आर्थिक संकटमा परेको छ । केहि बर्षअघि सिभिल बैङकबाट लिएको ऋण चुक्त गर्न नसक्दा अधिकारी परिवारमा संकट आइपरेको हो ।
सिभिल बैङकले मंगलबार एक राष्ट्रिय दैनिकमा ऋण चुक्त गर्ने बारे ३५ दिने सुचना प्रकाशित गरेपछि यो तथ्य खुलेको हो । केकीको बुवा निर्देशक बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीले घर कर्जा शिर्षकमा केहि बर्षअघि सिभिल बैङकबाट ऋण निकालेका थिए । उक्त ऋण कर्जा र बैंकिङ सुविधाबापत साँवा, ब्याज र अन्य दै दस्तुर गरिएको कबुलियत बमोजिम समयमा भुक्तानी नगरेको र पटकपटक मौखिक र लिखित जानकारी गराउदा पनि अधिकारी परिवारले वास्ता नगरेको सुचनामा जनाइएको छ । बैङकले यस सुचना जारी भएको ३५ दिनभित्र सम्पुर्ण ऋण कर्जा चुक्त गर्न पनि अव्हान गरेको छ । सो म्यादभित्र चुक्त नगरेमा ऋण असुली ऐन २०५८ बमोजित धितो राखिएको घर जग्गा तथा अन्य सम्पति बैङकले लिलाम गर्ने चेतावनीसमेत दिएको छ ।
अधिकारीले कति ऋण लिएको भन्ने खुलाइएको छैन । सुचनामा ऋणीद्धय बद्री अधिकारी र लक्ष्मी अधिकारी सँगै जमानीकर्ताको बिवरण भन्दै नायिका केकी अधिकारीको तस्वीरसहित तीन पुस्ते विवरण प्रकाशित छ । keki1यता केकीले भने आर्थिक समस्या जसलाई पनि पर्ने बताउदै छिट्टै समाधानको प्रयासमा रहेको बताइन । उनले बैङकले बिना जानकारी यस्तो सुचना निकालेको आरोप पनि लगाएकी छिन । सुचनाबारे सकारात्मक हुदै उनले भनिन- ‘समाधानको प्रयासमा छौ सकिएन भने हाम्रो घर जान्छ, हामी रहन्छौ ।’

स्मरण रहोस केहि महिना अघि चर्चित गायक रामकृष्ण ढकाललाई पनि यस्तै प्रकृतिको आर्थिक संकट आइपरेको थियो ।

Namaste Filmy

Read Previous

'नाइके'लाई सेन्सरको पिजी सर्टिफिकेट ।

Read Next

चैत्र ६ मा 'धुन' । यस्तो छ अफिसियल पोस्टर ।