चैत्र ६ मा 'धुन' । यस्तो छ अफिसियल पोस्टर ।

[dropcap]सां[/dropcap]गितिक प्रेम कथामा आधारित चलचित्र ‘धुन’ चैत्र ६ गतेबाट रिलिज हुने भएको छ । मंगलबार अफिसियल फर्स्टलुक पोस्टर सार्वजनिक गरिएसँगै फिल्मको रिलिज मिति पनि तय गरिएको हो । फर्स्टलुक पोस्टरमा मुख्य कलाकार जीवन लुईंटेल, नीता ढुङ्गाना र मुकेश ढकाललाई फिचर गरिएको छ ।Dhoon-nepali-film1 चलचित्रले सांगितिक प्रेम कथा बोल्ने भएकोले सार्वजनिक पोस्टरबाट समेत संगीत र प्रेमको भाव झल्किन्छ ।
तारा सितारा प्रोडक्शनको व्यानरमा तयार यो सिनेमालाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । पौडेलको यो डेब्यु निर्देशन हो । मालती शाह प्रस्तुतकर्ता रहेको यो सिनेमामा सुशिल शाह, श्रेया दुलाल, बिनोद भट्ट र मधुसुदन ढकालको लगानी छ ।
फिल्ममा जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाह लगायतको अभिनय रहेको छ । फिल्ममा लक्की सिटौलाको संगीत, चन्द्र पन्तको द्वन्द्व र बिरेन्द्र भट्टको छयांकन रहेको छ ।Dhoon-nepali-film2

Namaste Filmy

Read Previous

ठुलो आर्थिक संकटमा केकीको परिवार । घर लिलाम हुन सक्ने ।

Read Next

‘अझै पनि’को रत्यौली गीत सार्वजनिक (भिडियो सहित )