‘अझै पनि’को रत्यौली गीत सार्वजनिक (भिडियो सहित )

केहि दिन अघि आत्महत्या गरेका निर्देशक आलोक नेम्वाङ निर्देशित तेस्रो तथा अन्तिम चलचित्र ‘अझै पनि’को नया गीत रिलिज गरिएको छ । मङ्सिर महिने बिहेको मौसम पर्ने हुनाले चलचित्रको रत्यौली गीत ‘चमक चमक’ लाई सार्वजनिक गरिएको हो ।राजन राज सिवाकोटी शब्द तथा संगीत रहेको यस गीतलाई मनिषा पोखरेल  र रिता बुढाथोकीको स्वरमा तयार पारिएको छ ।चलचित्रका कलाकार सुदर्शन थापा र पुजा शर्माको बिहेमा ‘चमक चमक’ बोलको गीतमा चलचित्रकी अन्य कलाकार सुरक्षा पन्त, प्रमिला खनाल, मिथिला शर्मा लगाएतको आर्कषक नृत्य हेर्न सकिन्छ ।
ajhai paniचलचित्रमा विशेषत ग्रामिण भेगका दृश्यहरुलाई प्राथमिकता दिईएको छ ।चलचित्र ‘अझै पनि’ आउदो फाल्गुन १५ गतेबाट अलनेपाल रिलिज हुदैछ ।सुदर्शन थापा प्रडक्शनको प्रस्तुती तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा बनेको ‘अझै पनि’लाई पुनम गौतम र सुदर्शन थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा र सुरक्षा पन्तको मूख्य भूमिका छ । यी कलाकारसगै विजय लामा, बिशाल ढूङगाना, रामशरण्ँ पाठक, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, पुष्प खड्का लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा प्रितम पाण्डेको सम्पादन ,अस्ट महर्जनको एक्शन, महेश खड्का, हरी लम्साल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।
गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

चैत्र ६ मा 'धुन' । यस्तो छ अफिसियल पोस्टर ।

Read Next

सलमानको बहिनीको बिहेमा आएनन् प्रधानमन्त्री मोदी ।