कला मन्दिरले सुरु गर्यो गायन तथा बाध्यबाधन प्रशिक्षण

सन्दिप भट्ट
चितवन, मंसिर ३ ,
साहित्य, कला तथा संगीतको क्षेमा विगत ५१ बर्षदेखी क्रियाशिल नारायणी कला मन्दिर नारायणगढले मंगलबार गायन तथा बाध्यबाधन प्रशिक्षण कक्षा सुरु गरेको छ । संगीतको क्षेत्रमा आफ्नो भविश्य देख्नेहरुलाई लक्षित गरी गायन तथा बाध्यबाधन प्रशिक्षण कक्षा सुरु गरिएको प्रशिक्षण कक्षाका संयोजक अमर प्रधानले जानकारी दिए । कक्षाको मंगलबार एक औपचारिक कार्यक्रमकाबीच वरिष्ठ गीतकार प्रेमविनोद नन्दनले हार्मेनियम तथा तबला बजाएर औपचारीक सुभारम्भ गरेका थिए । सुरुवातमा ३ महिनाका लागी आधारभुत कक्षाको रुपमा सुरु गर्न लागीएको भएपनि पछि यसलाई विस्तारै नियमीत कक्षको रुपमा लैजाने प्रधानले वताए ।
kala mandirनेपाली सांगेतिक क्षेत्रमा विगत लामो समयदेखी क्रियाशिल प्रशिक्ष्ँक चन्द्र घले र विनोद थापा मगरले प्रशिक्षण दिने छन् । कार्यक्रमको समुद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नन्दनले आफू भित्रको अह्मतालाई हटाएर प्रशिक्षणमा सहभागिता जनाउन प्रशिक्षर्थीहरुलाई आग्रह गरेका थिए । मानिशमा अह्मता भएमा मानिस छिटै सिक्न नसक्ने भन्दै यसलाई हटाएर धैर्य भएर प्रशिक्षण लिनुपर्ने बताएका थिए । गीतकार नन्दनले धैर्यता, लगनशिलता तथा निरन्तर साधनाको कारण्ँले मात्र कुलश संगीतकार तथा गाएक बन्न सकिने बताए ।
कार्यक्रममा कला मन्दिरका पूर्व अध्यक्ष एवम् संगीतकार तथा गायक शहनलाल प्रधानले संगीत क्षेत्र कहिल्यै पनि सिकेर नसकिने भन्दै धैर्य भएर सिक्नुपर्ने बताए । उनले केही महिनाको कक्षाले मात्र पूर्णता नदिने भन्दै सिकाइलाई निरन्तरता दिन जोड दिन आग्रह गरेका थिए कार्यक्रममा बोल्दै प्रशिक्षक घलेले यस्ता खालका प्रशिक्षणले समाजभित्र लुकेर बाहिर आउन नसकेको प्रतिभालाई उजागर गर्न अवसर मिल्ने बताए । उनले साहित्य, कला तथा संगीतको क्षेत्रमा कला मन्दिरले खेलेको भुमिकाको प्रशंशा गर्दै अव गायन तथा बाध्यबाधक पनि उत्पादनमा लाग्नु सकात्मक पक्ष रहेको बताए । कला मन्दिरका अध्यक्ष दिलिप पियाले राम्रो प्रतिभा देखाउनेलाई प्रोत्साहन स्वरुप वर्षमा एउटा एल्वम निकाल्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । प्रशिक्षण कायक्रममा करिव ३० जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको छ ।

Namaste Filmy

Read Previous

सलमानको बहिनीको बिहेमा आएनन् प्रधानमन्त्री मोदी ।

Read Next

यो राजावादी चलचित्र होइन : निर्माता आचार्य