यो राजावादी चलचित्र होइन : निर्माता आचार्य

श्रीराम अर्जुन
depak achryaकरिब १८ वर्ष देखि रंगमञ्च र चलचित्र उद्योगमा रहिरहेका हाँस्यकलाकार तथा कथा पटकथा लेखक दीपक आर्चायले पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गनुभएको छ । उहाँले निर्माण गर्नुभएको चलचित्र श्री ५ अम्बरे यहि मंसिर ५ गते शुक्रबार बाट देशका प्रमुख शहरहरुमा प्रदर्शन हुदैछ । यसै सेरोफेरोमा उहाँसंग यस नमस्तेफिल्मीका श्रीराम अर्जुनले गर्नुभएको कुराकानीको केहि अशंः
 
१.आजभोलिको व्यस्तता ?
–अहिले चाहि“ सबै कामकुरो पन्छाएर मंसीर ५ मा श्री ५ अम्बरे सार्वजनिक हु“दैछ, त्यसैको प्रचारप्रसारको लागि लागि हिंडिरहेका छो“। जसकारण अहिले यसैमा व्यस्त छु ।
२.कति समय भयो यो रंगीन दुनियामा आउनुभएको ?
–झण्डै १८ वर्ष जति भयो ।
३.कहा बाट सुरुवात गर्नुभयो नि ?
–मैले हिजोआजका कुराबाट अभिनय यात्रा सुरुवात गरेको हु“ । त्यसपछि जंगबहादुर, चलखेल, रातोपिरो, ठूलो पर्दाको वीर गणेशमान हु“दै मेरी बास्सैसम्म अभिनय गरेको छु र अहिले नया“ हा“स्य टेलिफिल्म ‘खासखुस’ मा व्यस्त छु ।
४.तपाईं एक हास्य कलाकार त्यसमाथि कथा,पटकथा,सम्वाद लेख्दै आउनुभएको छ, यो ठूलो पर्दाको फिल्मको निर्माता बन्ने जोश कहा बाट आयो नि ?
–यो सोच कसरी आयो भने जीवनसाथी बस्नेत मेरो रंगमञ्च देखिको साथी हो, उहा“संग सल्लाह भयो एउटा फिल्म बनाउने अनि स्किृष्ट राइटर अभिमन्यू निरबीसंग बसेर सल्लाह ग¥यौ“ र अभिमन्यू निरबीले कथा तयार पार्नुभयो र अध्ययन गरीपछि यथार्थमा रहेर पटकथा,सम्वाद,तयार पर्यौ “ अनि मेरो दाजु टीएन आचार्यलाई यो स्किृप्ट देखायौं उहाले ठीक छ भन्नु भयो र दाजुसग मिलेर मैले यो फिल्म तयार पारेको हु“ ।
५.नेपालमा धेरै फिल्मनिर्माण भइरहेको छ र धेरै नै निर्माता डुबिरहेको स्थितिमा तपाईंले यस फिल्मबाट कस्तो अपेक्षा राख्नु भएको छ त ?
–नेपालमा अहिले धेरै फिल्महरु लगानी नउठाएर डुबिरहेका छन् । र थोरै फिल्मले लगानी उठाउने गरेको पाइन्छ । ति थोरै फिल्मभित्र पर्दछ श्री ५ अम्बरे र यस फिल्मले लगानी पक्का उठाउछ र सफल फिल्म बन्छ भन्ने विश्वास छ ।
६.श्री ५ अम्बरेबाट दर्शकले के सन्देश वा अपेक्षा पाउछन् ?
– विशुद्ध सामाजिक कथावस्तुमा आधारित मनोरन्जनात्मक फिल्म हो । हाम्रो समाजमा हरेक ठाउमा, हरेक गल्लीमा कतै न कतै कोही न कोहीमा ति ठाउमा आफू राजा हु“ भन्ने आभाष हुन्छ । त्यस्तै एउटा कुनै वर्ग भित्र राजा बन्ने सपना बोकेको एउटा पात्रको कथा छ श्री ५ अम्बरेमा । दर्शक भरपुर मनोरन्जन मात्र लिन सक्छन् ।
७.श्री ५ अम्बरे नै नाम राख्नुको कारण ?
–श्रीराम अर्जुनजी वास्तवमा के छ भन्नुहुन्छ भने श्री ५ अम्बरे झट्ट सुन्दा दर्शकले कतै यो राजावादी फिल्म त हैन भन्ने भ्रम हुनसक्छ तर, यो राजावादी फिल्म होइन यो कसरी रहन गयो भने राजतन्त्रको अन्त्यसं“गै गणतन्त्रको स्थापना संगसंगै श्रीपेच लगाउने राजा दरबारबाट त गइसके, तर पनि कोही टोलका राजा, कोही समाजका राजा, कोही घरका राजा हुन्छन् र आफूलाई राजा ठान्छन्, हो त्यस्तै एउटामाथिको कथा भएकोल बन्न पुगेको हो । एउटा समाजको अम्बर भन्ने पात्र हुन्छ उसलाई राजा बन्ने भुत चढ्छ र श्री ५ भन्ने शब्द ल्याई अम्बरेलाई राजा बनाइन्छ र त्यसैले नै यो श्री ५ अम्बरे भएको हो ।
८.अन्तमा नेपाली दर्शकलाई के भन्नुहुन्छ ?
–यस नमस्तेफिल्मी अनलाईन मिडिया माध्यमबाट म के भन्दछु भने दर्शकलाई हाम्रोभन्दा राम्रो फिल्मलाई माया गरिदिनुस् । यो श्री ५ अम्बरे फिल्म मंसिर ५ गतेबाट लाग्दैछ एकचोटी हेरिदिनुस् र राम्रो नराम्रो जेजस्तो भए पनि प्रतिक्रिया दिनुहोला र नेपाली चलचित्रहरुलाई माया गर्नुहोला ।
 

Namaste Filmy

Read Previous

कला मन्दिरले सुरु गर्यो गायन तथा बाध्यबाधन प्रशिक्षण

Read Next

सलमानको बहिनीको विवाह सम्पन्न । फोटो फिचर ।