यमो बुद्धको संगित तथा स्वर रहेको 'श्री ५ अम्बरे 'को नया गीत रिलिज

भोलि बाट देश भरका सिनेमा घरमा प्रदर्शन आउन लागेको चलचित्र ‘श्री ५ अम्बरे ‘को रिलिजको संघारमा आएर नया गीत सार्वजनिक गरिएको छ ।’अतित का दिन’बोलको सार्वजनिक गीतलाई युवा पुस्ताका माझ लोकप्रिय गायक यमो बुद्धले गएका छन् । यमोबुद्धको संगीत रहेको यस गीत रिलिज गर्दै चलचित्रको प्रदर्शनको संघारमा चलचित्र युनिटले आफ्नो प्रचार प्रसारलाई चलचित्र प्रेमीहरु माझ आक्रमक बनाएको छ ।
shree 5 ambareचलचित्र ‘श्री ५ अम्बरे ‘लाई दिपा बस्नेतले निर्देशन गरेकी हुन ।चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ ।यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, प्रह्लाद तिमल्सेना, सरिता वली, सनुप पौडेल र रत्न सुब्बा आदीले स्वर भरेका छन् । चलचित्रमा पाश्र्व संगीत विनोद कुमार भुजेलको रहेको छ भने विनय अधिकारीले साउण्ड डिजाइन गरेका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन ।चलचित्रलाई जिवनसाथी फिल्मस्को व्यानरमा टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेका छन । अहिले चलचित्रको गीत संगीत र चर्चित हास्य श्रृङखला भद्रगोलमा आएको चलचित्र फरक प्रचार प्रसारले चलचित्रको व्यापक चर्चामा रहनुको साथै बहुप्रतिक्षित चलचित्र बन्न पुगेको छ ।
गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

अन्डरवर्ल्डको निशानामा शाहरुख खान ।

Read Next

कमेडियन कपिलले नेपालीहरुसँग मागे माफी ।