भारतीय राजनितिमा सक्रिय यी नेपाली नायिका ।

ranju-lamichhaneदर्जन नेपाली फिल्म तथा टेलिफिल्ममा अभिनय गरेकी नायिका रञ्जु लामिछाने सक्रिय भारतीय राजनितिमा लागेकी छिन । सिक्किमको सत्तासिन डेमोक्रेटिक फ्रण्ट एसडीएफ ले आफ्नो भातृ संगठन चेली मोर्चाका पुर्वी जिल्ला सचिवमा नियुक्त गरेपछि रञ्जुको राजनितिक सक्रियता बढेको हो । उनलाई भारतीय राजनितिमा सक्रिय रुपमा प्रवेश गर्ने पहिलो नेपाली नायिका को रुपमा लिइएको छ ।
त्यसो त रञ्जुको पिता गोपाल लामिछाने पनि सक्रिय राजनितिमै छन । उनी एसडीएफ सरकारकै पालामा दुइपटक बिधायक भइसकेका छन ।
आफु भने कला क्षेत्रमा जोडिएकाले राजनितिमा आउछु जस्तो नलागेको रञ्जुको भनाई छ । तर अब पुर्ण रुपमा राजनितीमा सक्रिय भई सिक्किमे जनाको लागी काम गर्ने उनले बताइन । यस्तो महत्वपुर्ण जिम्मेवारी आफुलाई सुम्पिएकोमा मुख्य मन्त्री तथा पार्टी अध्यक्ष पवन चाम्लिङप्रतिप्रति आभार ब्यक्त गरेकी छिन ।

रञ्जुले बसाई, भाग्यरेखा, को होला मेरो मयालु लगायत अन्य फिल्महरुमा अभिनय गरेकी छिन । साथै उनले केहि टेलिफिल्म तथा म्युजिक भिडियोहरुमा अभिनय गरेकी छिन ।
हिमाल खबर पत्रिकामा प्रकाशित सामाग्रीको आधारमा ।

Namaste Filmy

Read Previous

फस्टलुकमा डरलाग्दो 'आवेग' ।

Read Next

‘अलबिदा’ को फष्टलुक पोष्टर सार्वजनिक