रेजिनाले दिइन भब्य रिसेप्सन पार्टी । सिन्दुर भने १६ गते हाल्ने ।

फाल्गुन ११,
प्राय सेलिब्रेटिहरुले आयोजना गर्ने कुनै समारोह तथा पार्टीहरुमा भब्य जमघट हुनु स्वभाविक नै हो । यस्तै जमघट शनिबार साझ पनि कलंकिस्थित मेघा ब्याङकेटमा देखियो । जहा नायिका रेजिना उप्रेतीले सम्पुर्ण चलचित्रकर्मी, पत्रकार, राजनितिज्ञ तथा आफन्तजनलाई निम्तो दिएकी थिइन । आफु विवाह गरेर श्रीमान सुरज पोखरेलको घर जान लागेको अवसरमा रेजिनाले उक्त भब्य समारोहको आयोजना गरेकी हुन ।8दुलहिको तर्फबाट रिसेप्सन पार्टी भन्दै सबैलाई भोज खुवाएकि रेजिनालाई प्रेमी सुरज ले सिन्दुर भने अगामी फाल्गुन १६ गते हाल्नेछन । यसरी सिन्दुर नहालेरै बेहुली बनेकि रेजिना समारोहमा निकै खुशी देखिइन । आफुले निम्तो दिएको अधिकांश अतिथिहरु आएपछि रेजिनालाई सबैतिरबाट बधाइ तथा शुभकामना को ओइरो लागेको थियो । समारोहमा उपस्थित नेतादेखि कलाकार, पत्रकार सबैले रेजिना तथा सुरजलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका थिए ।2दिउसो करिब ४ बजेदेखि राती अबेरसम्म चलेको पार्टीमा पुर्व अर्थमन्त्री एवं एमालेका पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डे, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती लगायत बिशिष्ट अतिथिहरुको उपस्थिति थियो । यता फिल्म क्षेत्रका प्राय सबै अनुहार पार्टीमा देखिए । नायिकाहरु करिस्मा मानन्धर, रेखा थापा, संचिता लुइटेल, अरुणिमा लम्साल, पुजना स्त्री लगायतले रात्रीभोजमा रमाए । त्यस्तै मुकेश ढकाल, गजित बिष्ट, युवराज लामा, राजेन्द्र खडगी, शोभित बस्नेत, श्रीकृष्ण श्रेष्ठ, अशोक शर्मा, आकाश अधिकारी लगायतका नयां पुराना दर्जनौ फिल्मकर्मीहरुको पनि भोजमा उपस्थिति थियो ।4धदिङ घर भएका सुरज पोखरेल पनि समारोहमा निकै हसिला देखिन्थे । त्यसो त रेजिनाको पनि घर धादिङ नै भएकाले आफुहरुले बिधिवत रुपमा सिन्दुर हाल्ने साइत भने अगामी १६ गतेमात्रै जुराएको सुरजले बताए । रेजिना विवाह सकिएको केहि दिन पछि पति सुरजसंगै लण्डन जानेछिन । लण्डन गए तापनि आफुले नेपाली चलचित्रलाई माया भने नमार्ने रेजिनाले बताइन । 3

Namaste Filmy

Read Previous

नाङिगएकि बलिउड हिरोइनहरु । फोटो हेर्नुहोस ।

Read Next

हलिउड नायिकाको नाङगो तस्वीर लिक । नायिकालाई तनाव ।