फ्राइडे रिलिज:'श्री ५ अम्बरे’ र ‘हमजाएगा"

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार बाट दुई नेपाली कथानक चलचित्र श्री ५ अम्बरे’ र ‘हमजाएगा रिलिज भएको छ । शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “श्री ५ अम्बरे’ र ‘हमजाएगा को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
“श्री ५ अम्बरे’
shree 5 ambare
फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार बाट देशकाप्रमुख सिनेमा घरमा नेपाली कथानक चलचित्र “श्री ५ अम्बरे’ रिलिज भएको छ ।दिपा बस्नेतको निर्देशन रहेको चलचित्र “श्री ५ अम्बरे’ को आज बाट प्रदर्शनमा आएको हो ।गीत संगीत र प्रचार प्रसारले गर्दा चर्चामा रहेको यस चलचित्रलाई जिवनसाथी फिल्मस्को व्यानरमा टि. एन. आचार्य र दिपक आचार्य निर्माण गरेका हुन् ।चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय रहेको छ ।यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, सनुप पौडेल आदीले स्वर भरेका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाइ गणेश श्रेष्ठले छायाँकन गरेका हुन् ।
टेलर हेर्नुहोस :

‘हमजाएगा’
HAMJAYAGA nepali movie 2तेस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘सरी ल’ पनि प्रदर्शनमा आएको छ ।मुनाल फिल्मस् प्रालीको व्यानरमा निर्माण गरिएको चलचित्र ‘हमजाएगा’ लाई सुरेन्द्र पुनले निर्देशन गरेका हुन् ।चलचित्रमा बाबु बोगटी, सपना श्रेष्ठ, विल्सन विक्रम राई, पार्वती राई, मनोज आरसी, रवि गिरी, ऋचा धिताल, श्याम राई, रेशम फिरिरि, प्रज्जवल गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । बाबु श्रेष्ठको छायांकन ,अर्जुन जिसीको सम्पादन रहेको छ ।हमजाएगा उपनामले चिनिने प्रख्यात दार्जिलिङे सवारी चालक दलबहादुर गुरुङको कथा आधारित चलचित्र हो ।
टेलर हेर्नुहोस :

Namaste Filmy

Read Previous

संयमलाई कसको तस्बिर जिबन जिउने बाहाना भयो हेर्नुहोस (भिडियो सहित )

Read Next

शनिबार 'मिस नर्स-२०७१’ को पहिलो अडिसन ।