किन त्यागे अभिषेकले १० करोडको अफर ?

abhishek-bachchan-wallpaper-1जुनियर बच्चन अभिषेक बच्चनले हालै १० करोड बराबरको अफर त्यागेका छन । उनलाई एक बिशाल अल्कोहल कम्पनीले आफ्नो प्रचार बिज्ञापनको लागी अफर गरेका थिए ।
बताइएअनुसार कम्पनीले अभिषेकलाई कम्पनीको प्रचारको लागी ७ देखि १० करोड सम्म दिने जनाएका थिए । तर अभिषेकले उक्त अफर अस्वीकार गरेका छन । उनले अल्कोहलको प्रचारबाट युवाबर्गमा गलत सन्देश जान सक्ने भन्दै आफुले उक्त प्रचार गर्न नसक्ने बताएका हुन ।
कम्पनीले सुपरहिट फिल्म ह्याप्पी न्यु इयरमा अभिषेकले निभाएको रोल देखेपछि आफ्नो कम्पनीको प्रचार गर्न अफर गरेको थियो । फिल्ममा अभिषेकले अल्कोहल लिने नन्दु भींडे को रोल निभाएका थिए ।

Namaste Filmy

Read Previous

अनुपम खेरको नेपाली फिल्म बनाउने चाहना ?

Read Next

पर्दामा 'बिधवा'को पीडा । भिडियो ।