बर्थडेसँगै 'छवि बा'को सिल्भर जुब्ली सेलेब्रेसन ।

[dropcap]ने[/dropcap]पाली सिने उद्योगका स्थापित निर्माता छविराज ओझाले आइतबार ५० औ जन्मदिन मनाएका छन । आइतबार राजधानीमा एक भव्य जमघटको आयोजना गर्दै उनले बर्थडे सेलेब्रेट गरेका हुन । chabiraj-birthday-party1जन्मदिनसँगै उनले सिल्भर जुब्ली को डबल सेलेब्रेसन पनि गरे । उनले फिल्म उद्योगमा लागेको २५ बर्ष पुरा भएपछि बर्थडे र सिल्भर जुब्ली एकै दिन भब्य माहोलका बिच मनाएका हुन । भव्य जमघटमा उनले दुई वटा केक काटेका थिए । केक काट्न छविले नै इन्डष्ट्रि भित्र्याएका नायिकाहरु पुजना प्रधान, रजनी केसी र शिल्पा पोखरेलका साथै दिपाश्री निरौलाले उनलाई साथ दिएका थिए । त्यस्तै बर्थडे केक काट्न भने नीर शाह, उद्धव पौडेल, प्रदीप उदय, राजकुमार राई, गीतकार किरण खरेल, वितरक गोपाल कायस्थ, निर्देशक आकाश अधिकारी तथा उज्जवल घिमिरे सहित छविका निकट निर्देशक नरेश पौडेल तथा छविको सुरुवाती करिअरमा सहयोग पुर्याउने ब्यक्ति श्याम खेतान सहित अन्य विशिष्ट फिल्ममेकरले साथ दिएका थिए । chabiraj-birthday-party2फिल्म उद्योगमा बा भनेर चिनिने ओझाले समारोहलाई सम्बोधन गर्दै यस  उद्योगमा बा नामले मात्र नभई हजुरवुवा समेत भएर चिनिने चाहना ब्यक्त गरे ।
त्यस्तै बरिष्ठ निर्देशक एवं अभिनेता नीर शाहले फिल्म २५ दिन टिक्न नसकिने उद्योगमा  छविराज ओझाले २५ बर्ष विताउनु चानचुने कुरा नरहेको तर्क गर्दै छविलाई राष्टिय  फिल्म उद्योगको एक अमर ब्यक्तिको संज्ञा दिए ।
यस्तै फिल्म पत्रकारहरुका तर्फबाट अध्यक्ष शान्तिप्रियले छविजस्ता ब्यावसायिक निर्माताहरु यो उद्योगका लागि सधै आवश्यक रहने र त्यस्ता निर्मातालाई सधै  पत्रकारहरुले समर्थन र सहयोग गरिराख्ने राख्ने बताए ।
छवि बा लाई नमस्ते फिल्मी डटकमको तर्फबाट पनि लाखलाख शुभकामना ।

Namaste Filmy

Read Previous

पर्दामा 'बिधवा'को पीडा । भिडियो ।

Read Next

बन्ने भयो 'किस्मत २'। क-कसको किस्मत चम्किएलान ?