बन्ने भयो 'किस्मत २'। क-कसको किस्मत चम्किएलान ?

[dropcap][/dropcap]हिलेका ब्यस्त हिरो आर्यन सिग्देललाई जन्माएको फिल्म ‘किस्मत’को सिक्वेल निर्माण हुने भएको छ । बाघ निर्माता छविराज ओझाको टीमले १८ औ फिल्म स्वरुप ‘किस्मत २’ निर्माण गर्ने घोषणा गरेको हो । chabiraj-birthday-party3आइतबार राजधानीमा छविको बर्थडे तथा सिल्भर जुब्ली सेलेब्रेसन समारोहमा ‘किस्मत २’ को घोषणा गरिएको हो । कार्यक्रममा फिल्मको कथा तयार भइसकेको जानकारी गराइयो । फिल्ममा कथा तथा पटकथा सामिप्य तिमिल्सिनाको रहनेछ ।
फिल्मलाई युवा निर्देशक श्याम भट्टराईले निर्देशन गर्नेछन । त्यस्तै फिल्ममा अर्जुन पोखरेलको सँगीत रहनेछ । फिल्मका लागी कलाकार तथा प्राविधिक छनौट भइरहेको छ ।chabiraj-birthday-party स्मरण रहोस ७ बर्षअघि निर्मित ‘किस्मत’लाई उज्वल घिमिरेले निर्देशन गरेका थिए । फिल्ममा बिराज भट्ट, रेखा थापा र आर्यन सिग्देलको मुख्य भुमिका रहेको थियो । उक्त फिल्मले उत्कृष्ट ब्यापार गर्न सफल भएको थियो । यसै फिल्मबाट उद्योगमा डेब्यु गरेका नायक आर्यन सिग्देलको किस्मत यसरी चम्कियो कि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । अब ‘किस्मत २’ बाट क कसको किस्मत चम्किने हुन हेर्न बाँकी छ ।
छविराज प्रोडक्सन हालको सबैभन्दा ब्यस्त फिल्म निर्माण कम्पनी हो । यसै ब्यानरबाट निर्मित लज्जा गत कार्तिकमा रिलिज भएको थियो भने हवल्दार सुन्तली यहि चैत्रमा रिलिज हुने तयारी मा छ ।

Namaste Filmy

Read Previous

बर्थडेसँगै 'छवि बा'को सिल्भर जुब्ली सेलेब्रेसन ।

Read Next

आठ बर्षका सौगतले कसरि चलचित्र निर्देशन गरे हेर्नुहोस (भिडियो सहित )