आठ बर्षका सौगतले कसरि चलचित्र निर्देशन गरे हेर्नुहोस (भिडियो सहित )

मान्छे यो संसारमा जन्मिए पछि केहि नया काम गर्न सको अनि संसारलाई उसले केहि गरेर देखायो भने उ जन्मेको सार्थक हुन्छ भन्छन । तेस्तै एउटा नया र सबैलाई अचम्मित गरेर देखाएका छन् आठ बर्षका बालकले । जम्मा आठ बर्ष उमेरमा नै चलचित्र निर्देशन गरेर सौगत बिष्टले सबैलाई अचम्मित परेका छन् । अहिले सौगतको चर्चा सगै धेरैले यति सानो उमेरमा कसरी चलचित्र निर्देशन गरो होला अनि उनले निर्देशन गरेको चलचित्र कस्तो होला भनेर प्रतिक्ष्यको बिषय बनेको छ ।
saugat bistआठ बर्षकै उमेरमा फिल्म निर्देशन गरेका सौगात बिश्वकै सबैभन्दा कान्छा निर्देशक हुन ।यिनै बिश्वकै सबैभन्दा कान्छा निर्देशकले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’ मंसिर २६ गतेबाट प्रदर्शनमा आउदैछ ।सबैलाई प्रतिक्ष्यको बिषय र उनले कसरि फिल्म निर्देशन गरे होला यसको बारेमा केहि जानकारी दिन चलचित्र युनिटले उनले सुटिंग गर्दाको भिडियो फुटेज युटुबमा रिलिज गरिएको छ । उनले चलचित्र निर्देशन गर्दाको भिडियो फुटेज र चलचित्रको प्रोमो रिलिज गरिएको छ ।चलचित्र सुटिंगको भिडियो फुटेज हेर्दा उनले एउटा परिपक्व निर्देशकले जस्तै चलचित्रको निर्देशन गर्दै सौगात विष्ट फिल्म सेटमा आफूलाई सहज महसुस गरिरहेजस्तै देखिन्छन् । स्टुडियो र आउटडोरमा उनको पकड प्रशंसनीय छ ।अब भने यो विश्व कीर्तिमान नेपाली आठ वर्षिय बालक सौगात विष्टको नाममा विश्व कीर्तिमान सूचिकृत गर्ने पुस्तक गिनिज बुकमा कान्छो निर्देशकको रुपमा नाम लेखाउने तयारी भैरहेको छ । चलचित्रमा गजित बिष्ट, संगम बिष्ट , निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्ट भट्ट, निर्मल शर्मा लगायतका अभिनय रहेको छ ।फिल्मले आमाले छाडेकी सन्तानलाई हुर्काउन बाबुले गर्ने संघर्षको कथा देखाउदछ ।चलचित्र ‘लभ यू बाबा’ लाई निर्देशक सौगात विष्टको आमा सम्झना पोखरेलले निर्माण गरेकी हुन ।
हेर्नुहोस सुटिंगको भिडियो:

Namaste Filmy

Read Previous

बन्ने भयो 'किस्मत २'। क-कसको किस्मत चम्किएलान ?

Read Next

प्रदिपले बनाउने भए "चलेछ बतास सुस्तरी"