प्रदिपले बनाउने भए "चलेछ बतास सुस्तरी"

pradipचलचित्र लेखनमा क्रियासिल रहदै आएका प्रदिप भारद्धाजले अब निर्माणमा पनि हात हाल्ने भएका छन् । ‘चलेछ बतास सुस्तरी’ बाट उनि निर्माणमा देखिन लागेका हुन् । चलचित्र अहिले प्रि–पोडक्सनमा छ ।अरुण फिल्मस् प्रालिको ब्यानरमा बन्ने यो चलचित्रको बिहिबार टाइटल दर्तास“गै प्रि¬–पोडक्सन कार्यसुरु गरिएको हो । अरुण फिल्मस्को तेस्रो प्रस्तुतिका रुपमा रहने यो चलचित्रलाई अरुण खड्का र प्रदिप भारद्धाजले मिलेर निर्माण गर्न लागेका हुन् । यो चलचित्रबाट सब्बु भारद्धाज र अनिला खड्का निर्देशनमा देखिने भएका छन् । चलचित्रको शुक्रबारबाट गीत रेकडिङ कार्य पनि सुरु भएको छ । बिकाश चौधरी र सन्तोष रजौरेको संगीत रहने यो चलचित्रको गीतका शब्द प्रदिपकै छ ।म्युजिकल लवस्टोरी बिषय कथामा उठाएको चलचित्रको लेखान भारद्धाज आफैले गरेका हुन् । चलचित्रले पे्रम तथा सामाजिक कथा बोल्ने भारद्धाजले बताए । ‘केही अगाडीदेखि निरन्तार रहेको आफ्नो चलचित्र कर्मलाईनै अझ अगाडी लैजान आफुले चलचित्र निर्माण गर्न लागेको हु’ भारद्धाजले भने ‘लेखन सगसगै अब निर्माणलाई पनि लैजाने छु ।’ चलचित्र लेखनको अनुभव निर्माणमा उतार्न लागेका भारद्धाजले सुनाए । चलचित्रको कलाकार तथा प्रबिधिक अहिले छनौटको क्रममा छन् ।

Namaste Filmy

Read Previous

आठ बर्षका सौगतले कसरि चलचित्र निर्देशन गरे हेर्नुहोस (भिडियो सहित )

Read Next

अजय देवगणलाई 'डान ब्ल्याक बेल्ट' सम्मान ।