सर्वत्र चर्चा कमाउदै 'झोले' । करोड क्लबमा पुग्ने आशा ।

फाल्गुन ११ ।
डार्क कमेडि चलचित्र झोले ले रिलिजको तेस्रो दिनमा आइपुग्दा आकर्षक कमाई गरिरहेको रिपोर्ट प्राप्त भएको छ । रिलिजको पहिलो दिनमा नै दर्शकको उत्साहजनक साथ पाएको फिल्मले दुइ दिनमा करिब ४२ लाख ग्रस कमाई गरेको रिपोर्ट छ । देशभरका करिब ७० पर्दामा लागेको फिल्मले मल्टीप्लेक्स मा बिदेशी फिल्मलाई समेत बिस्थापित गरीरहेको छ । हिन्दी फिल्म हाइवे चलिरहेको क्यु एफ एक्स, बिग मुभिज का शोहरुमा समेत झोले लागेको छ ।1507176_487171121396475_1448922159_nअधिकांश हलहरुको रिपोर्टअनुसार फिल्मको शनिबारको अकुपेन्सी ९० प्रतिशत भन्दा उच्च थियो । आइतबार भने ७० प्रतिशतको अकुपेन्सी रहेको बताइएको छ । फिल्मका बितरक तथा हल सञ्चालकहरुका अनुसार अझै एक सातासम्म फिल्मको ब्यापारमा कमी नआउने देखिएको छ । जसकारण फिल्मले सजिलै करोड बढिको ब्यापार गर्ने उनीहरुको भनाई छ । फिल्मको माउथ पब्लिसिटिकै कारण दर्शक बढेको र अझै धेरै दर्शकको साथ पाउनेमा  फिल्म युनिट आशाबादी छन । फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन भने टेकेन खडकाको लगानी रहेको छ । दयाहाङ राई, प्रियंका कार्की, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय गरेको फिल्म गत शुक्रबार अर्थात फाल्गुन ९ गतेबाट अलनेपाल प्रदर्शनमा आएको हो ।

Namaste Filmy

Read Previous

हलिउड नायिकाको नाङगो तस्वीर लिक । नायिकालाई तनाव ।

Read Next

नायिका पुजा चन्दले गरिन दोस्रो विवाह । फोटो फिचर ।