म्युजिक भिडियो हुदै ठुलो पर्दामा जम्ने तयारीमा सुमित

श्रीराम अर्जुन
हेटौडा
sumitहेटौडेली गायक सुभाष गहतराजको “न सताउन न तडपाउन “गीतबाट पहिलो चोटि सोलो मोडलिगं गरि अघि बढेका सुमितले आधा दर्जनजति म्युजिक भिडियो खेलिसकेका छन् । सुमितले राज राणाको “तिमी हौ” ,प्रकाश तिमलसेनाको “ढुंगाको मुर्ति” ,अर्णराज तामांगको हिमाली छायाँमा ,कमल क्षेत्रीको पिपलपाते जस्ता लोकप्रिय गीतहरुमा मोडलिंग गरिसकेका छन् ।
विभिन्न कलेक्सन गीतमा समेत आफ्नो मोडलिंग छवि बनाईसकेका सुमित अभिनय बिधामा राम्रै दख्खल राख्ने कलाकार हुन् । सुमितले तराई टिभीमा प्रसारित सानो पर्दाको चलचित्र पर्खाईमा आफ्नो कलाकारिताको नमुना देखाईसकेका छन् । उनले पर्खाईमा सहनायकको भूमिका गरेका थिए । उच्च शिक्षासँगै कलाकारिताबाट जिल्ला र आफुलाई चिनाउने प्रयासमा लगिपरेका सुमित समय र अवसरले दिए नायक बन्ने सपना रहेको बताउँछन् । “मोडलिंग पेशामा लागिसकेपछि हरेकको चाहाना सिनेमा खेल्नु हुँदोरहेछ,” आफ्नो पनि त्यस्तै रहेकाले अवसर पाए ठुलो पर्दामा जम्ने उनको भनाई छ ।
नृत्य तथा अभिनयको जाँगरमा नतमस्तक बनेका सुमितलाई अहिलेका नँया पुस्ता सिनेक्षेत्र तथा कलाकारितामा आएकोमा आफुलाई आकर्षण लागेको बताउँछन् । नेपाली सिनेमाको आफुजस्तो कलाकारितामा चाहाना राख्नेको खाँचो रहेको सुमितको भनाई छ ।
स्कुल जीवनदेखि नै विभिन्न नाटकमा अभिनय गरेर आएकाले यस क्षेत्रमा आकर्षित भएको बताउने सुमित आफुलाई हेटौबाट मोडलिंग क्षेत्रमा जमेका अमिर गौतम, दिपेन्द्र ढकाल प्रेरणाका स्रोत मान्दछन् ।

Namaste Filmy

Read Previous

'जेरी'ले जुराएको जोडी- अनमोल र अन्ना ।

Read Next

अभिनयबाट टाढिंदै एन्जेलिना जोली ।