अभिनयबाट टाढिंदै एन्जेलिना जोली ।

Anjelina_joliकरोडौ फ्यानहरुको धडकन हलिउड स्टार एन्जेलिना जोली अन्तत अभिनय बाट टाढिने भएकी छिन । उनले यो तय गरिन कि अबका दिनमा उनले अभिनय गर्ने छैनन ।
यसको मतलब उनी फिल्मी दुनियाँबाटै टाढिन लागेकी भने होइनन । अब उनी निर्देशकको रुपमा फिल्ममा सक्रिय रहनेछिन । एन्जेलिनाले विगत लामो समयदेखि नै फिल्म निर्देशनमा चाहना देखाएकि थिइन । जुन काम गरिन्छ त्यसमा इमान्दारका साथ लागी पर्ने बताउदै उनले निर्देशन थालेपछि अभिनय नगर्ने बताएकी हुन ।
उनले ओलंपियन एवं युद्धबंदी लुईस जेम्पेरिनी को जिवनीमा आधारित फिल्म अनबा्रेकनको निर्देशन गर्ने भएकी छिन । यसअघि उनले बाय द सी निर्देशन गरेकी थिइन । फिल्ममा उनले अभिनय पनि गरेकी थिइन ।

Namaste Filmy

Read Previous

म्युजिक भिडियो हुदै ठुलो पर्दामा जम्ने तयारीमा सुमित

Read Next

सलमानको पत्नि बन्ने सानियाको चाहना ।