सलमानको पत्नि बन्ने सानियाको चाहना ।

Sania-Mirzaविश्वचर्चित भारतीय टेनिस खेलाडी सानिया मिर्जाले सलमान आफ्नो पति बनोस भन्ने चाहना ब्यक्त गरेकी छिन । उनले वास्तविक जीवनमा सलमान पति बनोस भन्ने चाहना देखाएकी भने होइनन ।
यदी आफ्नो जीवनमा आधारित फिल्म बनेको खण्डमा आफ्नो पतिको भुमिकामा सलमानलाई देख्न चाहेको उनले बताएकी हुन । हालै उनलाई यसबारेमा प्रश्न गर्दा केहि बेर सोचिन र पतिको भुमिकामा सलमान हो भन्ने चाहना ब्यक्त गरिन । सानियाले आफ्नो भुमिका निभाउनको लागी दिपीका पादुकोणलाई योग्य मानिन ।
पछिल्लो समय सानियाको जिवनीमा फिल्म बन्ने चर्चा बलिउडमा छ । यसअघि मेरी कोम, मिल्खा सिंह लगायत अन्य खेलाडीको कहानीमा पनि फिल्म बनिसकेको छ ।

Namaste Filmy

Read Previous

अभिनयबाट टाढिंदै एन्जेलिना जोली ।

Read Next

फेरी सर्यो 'माई प्रमिस' रिलिज मिति ।