‘वडा नम्वर ६’ को छायाँकन सुरु

मंगलबार राजधानीनको चापागाईं स्टुडियोबाट चलचित्र ‘वडा नम्वर ६’ को छायाँकन सुरु भएको छ । चलचित्र ‘वडा नम्वर ६’लाई हाँस्य कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर निर्माण गर्न लागेका हुन् ।उज्ज्वल घिमिरेले निर्देशन गर्न लागेको यो चलचित्रका लागि दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई र अरुणा कार्कीले पहिलो सट दिएका थिए ।

image-cbef-abfeb---ff-----c-d---ee---c----b-adbb---f--fe----f--afbe-c--vफिल्मको पहिलो सुटिङ धुलिखेलबाट गर्ने योजनामा रहेको युनिट सार्क सम्मेलनका कारण चापागाई स्टूडियोबाट शुरू गर्न वाध्य भएको हो ।‘वडा नम्वर ६’ मा प्रियंका, दयाहाङ र दीपकसँगै , नीर शाह,जितु नेपाल, केदार घिमिरे र सिताराम कट्टेलको मुख्य भूमिका रहनेछ भने अभिनेता किशोर खतिवडा र हास्य कलाकारद्धय शिवहरी पौडेल र विल्सनविक्रम राई अतिथिको भूमिकामा प्रस्तुत हुनेछन् ।

ward n 6अभिमन्यू निरवीले लेखेको यो फिल्म ‘छ एकान छ’ को जस्तै कमेडी स्वादमा हुनेछ । ‘६ एकान ६’ निर्माण गरेर ब्यबसाहिक सफलता सगै राम्रो पैसा समेत कमाएको दीपक, दिपा र निर्मलको दोश्रो प्रस्तुती ‘वडा नम्वर ६’ चलचित्र निर्माण नहुदै प्रतिक्षित चलचित्र बनिसकेको छ ।

Namaste Filmy

Read Previous

"धुन’को अफिसियल गीत रिलिज ( भिडियो सहित )

Read Next

"श्री ५ अम्बरे"ले राम्रो प्रतिक्रिया बटुल्दै ।नयाँ टिभिसि विज्ञापन सार्वजनिक