"श्री ५ अम्बरे"ले राम्रो प्रतिक्रिया बटुल्दै ।नयाँ टिभिसि विज्ञापन सार्वजनिक

चलचित्र प्रचार प्रसारमा शुरुवात देखिनै नौलो तरिका अपनाउदै आएको श्री ५ अम्बरेले फेरी एउटा नयाँ टिभिसि विज्ञापन सार्वजनिक गरेको छ । पहिला चर्चित हास्यश्रृंखला भद्रगोलका कलाकारलाई समेटेर तयार पारिएको विज्ञापनले राम्रो प्रभाव पारिसकेपछि अहिले चर्चित हास्यश्रृंखला मेरी वास्यैका लोकप्रिय कलाकारहरुलाई लिएर विज्ञापन निमार्ण गरेको छ ।
shree 5 ambareप्रदर्शन मिती देखीनै नेपालभर भिडका साथ चलिरहेको चलचित्र श्री ५ अम्बरे आफैंमा राम्रो चलचित्र हुनुका साथै यसको नौलो प्रचार प्रसार शैलीले पनि दर्शकलाई हलसम्म तान्न र दर्शकको मन जीत्न सफल भैरहेको छ र चलचित्रको प्रथम प्रदर्शनमा पुर्वप्रधान मन्त्री वावुराम भट्राईले फिल्म हेरेर आफ्नो सामाजिक संजाल मार्फत स्टनटस लेखेका थिए । मंगलबार सिभिलमल स्थित सिनेमा घरमा पुर्व अर्थमन्त्री तथा एकिकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुन, वर्तमान संविधानसभा उपसभामुख ओनसरी घर्तीमगर, वरिष्ट संञ्चारकर्मी दीलभुषण पाठक, नायक वावु वोगटी लगायतले चलचित्र हेरेर अत्यन्तै गहन विषयबस्तुमा राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए ।

जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेका छन । अभिमन्यू निरवी को लेखन रहेको चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी छिन ।

Namaste Filmy

Read Previous

‘वडा नम्वर ६’ को छायाँकन सुरु

Read Next

सुजन सरगमको तिम्रो घरमा पञ्चे बाजा