सुजन सरगमको तिम्रो घरमा पञ्चे बाजा

सुमन घिमिरे उर्लाबारी , १० मंसिर
गायक सुजन सरगमको तिम्रो घरमा पञ्चे बाजा बोलको गितको छाँयाकन सकिएको छ ।सेन्च्युरी सुरेश घमालले निर्देशन गरेको म्युजिक भिडियोको झापाको कन्काई धाम , दमक , चियाबगान , कृष्ण मन्दिर , मोरङको उर्लाबारी , टाँडी लगायतका क्षेत्रमा छाँयाकन गरिएको गायक सरगमले बताएका छन् । भिडियोलाई सुदीप श्रेष्ठले खिचेका हुन् । म्युजिक भिडियोमा बरुणजंग लिम्बु र भुमिका थापाको अभिनय रहेको छ ।
sujan sangamअमरप्रेम म्युजिक प्रा.लि.को ब्यानरमा निर्माण हुने म्युजिक भिडियोको चाँडै नै नेपाल टेलिभिजन मार्फत सार्वजनिक गरिने गायक सरगमले बताएका छन् । मायाप्रेममा आधारित म्युजिक भिडियो युवामाँझ लोकिप्रय हुने यसका निर्देशक सिन्च्युरी दाबी गर्छन् । उनी भन्छन् –मेहनतका साथ छाँयाकन गरेका छौ , कलाकारहरुले पनि आ– आफ्नो ठाउँबाट मेहनत गरेका छन् । आशा छ म्युजिक भिडियो युवामाँझ लोकिप्रय हुनेछ । यसअघि अडियो रिलिजलाई पनि श्रोताहरुले अत्याधिक माया दिएकाले भिडियो बनाउन थप हौसला आएको गायक सरगमले बताए । उनी भन्छन् – अडियो गितलाई श्रोताहरुले अत्याधिक माया गरिदिनु भएको छ मलाई विश्वास छ अब भिडियोलाई पनि त्यसरि नै मनपराईदिनु हुनेछ ।

Namaste Filmy

Read Previous

"श्री ५ अम्बरे"ले राम्रो प्रतिक्रिया बटुल्दै ।नयाँ टिभिसि विज्ञापन सार्वजनिक

Read Next

बधाई ! बाबु बने यी चर्चित हिरो ।