बधाई ! बाबु बने यी चर्चित हिरो ।

ritesh_deshmukh-1बलिउडमा ब्यस्त हिरोको छवि बनाइरहेका रितेश देशमुख बाबु बनेका छन । मंगलबार उनको पत्नी उर्फ नायिका जेनेलिया डिसुजाले छोरा जन्माएका हुन ।
आफुलाई पुत्रलाभ भएको खबर रितेश स्वयमले ट्वीट गर्दै जानकारी गराएका हुन । अहिले जेनेलिया आमा छोरा अस्पातालमै रहेको र दुवैको स्वस्थ्य राम्रो रहेको बताइएको छ । पुत्रलाभ भएपछि रितेश अत्यन्त खुशी देखिएका छन । बलिउडका कयौ स्टारहरुले पनि उनलाई पुत्रलाभ भएकोमा बधाई दिइरहेका छन ।
महाराष्ट्रको पुर्व सिएम स्व. विलासराव देशमुखको छोरा रितेश र जेनेलियाले सन २०१२ मा विवाह गरेका थिए । यसअघि उनीहरु सन २००३ यता प्रेम सम्बन्धमा थिए ।

Namaste Filmy

Read Previous

सुजन सरगमको तिम्रो घरमा पञ्चे बाजा

Read Next

यी नेपाली अभिनेतालाई पनि बलिउड अफर ।