यी नेपाली अभिनेतालाई पनि बलिउड अफर ।

prashant-tamrakarनेपाली अभिनेता सुनिल थापाले बलिउडमा ठुलै नाम कमाइसकेका छन । उनले पाएको उक्त सफलता देख्दा अन्य थुप्रै नेपाली कलाकारहरुलाई बलिउड रहरकै कुरा हुने गर्दछ । यहि क्रममा एक अर्का अभिनेतालाई पनि बलिउडको ठुला ब्यानरको फिल्ममा मौखिक प्रस्ताव आएको छ । उक्त भाग्यमानी नेपाली अभिनेता हुन प्रशान्त ताम्रकार ।
मुखौटा, सम्बोधन लगायतका नेपाली फिल्ममा सशक्त अभिनय गरेका प्रशान्तलाई बलिउडबाट निर्देशक पुजा भट्टले फिल्मको लागी अफर गरेका हुन । प्रशान्तका अनुसार बलिउड टीमसँग टेलिफोनमा कुराकानी भएको छ । आफुलाई फिल्ममा लिन उनीहरु सकारत्मक देखिएको उनको भनाई छ । तर अन्तिम निर्णयचाँहि भएको छैन ।
प्रशान्त नेपाली फिल्मका साथै फेशन र मोडलिङमा स्थापित नाम हो । उनले सन १९९२ मा हलिउड सिनेमा लिटिल बुद्धमा छोटा भुमिका निभाएका थिए ।

Namaste Filmy

Read Previous

बधाई ! बाबु बने यी चर्चित हिरो ।

Read Next

सार्क सम्मेलनको प्रत्यक्ष मारमा परे चलचित्र ।