नायिका प्रियंका चोपडाको घरमा यौनधन्दा ?

Priyanka-chopda_homeबलिउड नायिका प्रियंका चोपडाको मुम्बई अंधेरी नगरस्थिति घरमा यौनधन्दा चल्ने गरेको खुलासा भएको छ । वर्सोवा इलाकाको उनको फ्ल्याटमा मानिक सोनी को स्पा रहेको र उक्त स्पा सेन्टर नै अघोषित वेश्यालाय रहेको खुलेको हो ।
केहि दिनअघि उक्त स्पा बाट यौन धन्दा चलाएको आरोपमा  तीन महिला र एक पुरुषलाई प्रहरीले पक्राऊ गरेको थियो । उक्त स्पा रहेको फ्ल्याट नायिका प्रियंका चोपडाको सम्पति रहेको हालै रहस्य खुलेको हो । उक्त विल्डिङमै प्रियंकाकी आमा डा. मधु चोपडा को क्लिनिक रहेकोे छ । यसबारेमा नायिका चोपडाले कुनै प्रतिक्रिया दिएकी छैनन ।
स्मरण रहोस करिब बीस दिनपहिले सुराकिको आधारमा प्रहरीले उक्त स्पामा छापा मारेको थियो । स्पा का सञ्चालक मानिक सोनी भने हालसम्म फरार रहेको बताइन्छ ।

Namaste Filmy

Read Previous

आर्यनको 'दबंग स्टाइल'। 'नाइके' ट्रेलर ।

Read Next

पोखरामा खिचिँदै 'मेरो मान्छे'। रेडियो बाराहीबाट गीत रिलिज ।