नायिका बिनिता बरालको “जुइनो” आउँदै

श्रीराम अर्जुन, हेटौडा
नेपाली चलचित्र चपली हाइटबाट चर्चा कमाउन सफल नायिका बिनिता बरालले रचना गर्नुभएको उपन्यास “जुइनो” आउने भएको छ ।
साहित्यकार कृष्ण अविरलले उक्त जुइनो नाम जुराइदिनुभएको नायिका बरालले बताईन् । पछिल्लो सयममा अर्गानिक खेतिमा व्यस्त रहनुभएका बराल अहिले उंमग नामक चलचित्रमा अभिनय गरिरहेकी छिन्, । जुन चलचित्रलाई शिव शर्माले निर्देशन गरेका छन्, ।
binita baralकुराकानीको क्रममा नायिका बरालले आफ्नो यस जुइनो उपन्यास तिन महिना भित्र पाठक सामू पुग्ने बताईन । जुइनोको वास्तविक अर्थ घाँसको भारी बाँध्ने डोरी जुन घाँसबाट नै बनाइएको हुन्छ । जुइनोमा युवापुस्तालाई आफ्नो देशको जिम्मेवारी र महत्व बुझाउने काम मैले उपन्यासमा उल्लेख गरेको छु । एग्रीकल्चर लभस्टोरीलाई उठाएको छु । एग्रीकल्चरमा लागेका युवाहरुको प्रेमकथा उपन्यासको विषयवस्तु रहेको छ ।

Namaste Filmy

Read Previous

पोखरामा खिचिँदै 'मेरो मान्छे'। रेडियो बाराहीबाट गीत रिलिज ।

Read Next

‘इच्छा’को ट्रेलर सार्वजनिक (भिडियो सहित )