निर्देशक शिव रेग्मीको बर्ष दिनको पुण्यतिथी ।तिथीका आधारमा आज १ बर्ष पुरा (फोटो फिचर )

shiva regmi3गत बर्ष मृगौला रोग बाट निधन भएका निर्देशक शिव रेग्मी आज बार्षिकी पुण्यतिथी सम्पन्न भएको छ । पारिवारिक र दर्शकको मन छुने फिल्म बनाउन माहिर मानिएका निर्देशक शिव रेग्मीको निधन भएको शनिवार १बर्ष भएको छ । रेग्मीको निधन मंसिर २४ गते भएपनि तिथीका आधारमा शनिवार १ बर्ष पुरा भएको हो । रेग्मीको बार्षिकीको अवसरमा जन्मथलो चितवनको ब्राह्घरेमा उनको पुण्यतिथीको अवसरमा उनको पुण्यकार्य भएको थियो ।
shiva regmiरेग्मीको बार्षिकीको लागि  काठमाण्डौबाट केही फिल्मकर्मी समेत चितवन आएका थिए  । काठमाण्डौबाट  निर्देशक मुस्कान ढकाल, निर्देशक राजेन्द्र उप्रेती छायाकार शम्भु सापकोटा,कद्धन्द्ध निर्देशक हिमाल केसी,लाकार तथा पुष्प आचार्य लगाएतले उनकोे संझनामा उनको तस्बिरमा माल्यार्पण्ँ गरेका थिए ।बिस फिल्म निर्देशन गर्दा निर्देशक रेग्मीले थुप्रै कलाकारलाई नेपाली फिल्म जगतमा हिट बनाए । उनकी श्रमिती ज्ञानु रेग्मीले चलचित्रकर्मी संघ संस्थाले दिने भनेको सहयोग नगरेको र एक्लै जिउनुपर्दाको पिडा असैर्य हुने वताईन् ।
shiva regmi4उनले शिवको वचन पुरा गर्ने भरतपुर प्रयास गरेको भन्दै आगामी मंसिरमा स्वर्गीय शिवको पुर्व योजना अनुरुप छोराको विहे गर्न लागेको जानकारी दिईन् । स्वर्गीय शिव रेग्मीले बनाएका ”आफन्त”, ”आफ्नो मान्छे”, ”ए मेरो हजुर”, ”सुख दुख”, ”हामी तीन भाइ”, ”कहा“ भेटिएला” जस्ता फिल्म चचिर्त छन् । निर्देशक रेग्मीले निर्देशन गरेको अन्तिम फिल्म ”सो सिम्पल” हो ।
shiva regmi2
shiva regmi 5
shiva regmi1

Namaste Filmy

Read Previous

कान्छा निर्माताको 'लाटी' । पोस्टर हेर्नुहोस ।

Read Next

निशालाई छत् बाट कसले सिटि बजायो हेर्नुहोस (भिडियो सहित )