‘जेरी’ युनिट देश दौडाहामा ।पोखरा पछि चितवनमा पनि अनमोल र आनालाई दर्शकले घेरे (फोटो फिचर )

देशका प्रमुख सिनेमा घरमा यति बेला चलचित्र ‘जेरी’तेस्रो सातामा चलिरहेको छ । तेस्रो सातामा चलचित्र चलि रहदा चलचित्र मुख्य कलाकार नायक अनमोल के.सी तथा आना शर्मालाई लिएर निर्देशक हेमराज बीसी देश दौडाहामा निस्केका छन् । शुक्रबार श्रीकृष्ण चलचित्र हल पोखरामा ‘जेरी’का मुख्य कलाकार तथा निर्देशक पुगेका थिए भने शनिबार चितवन र हेटौडा पुगेका छन् ।
jerryyशनिबार चितवनको इन्द्रदेव चलचित्र मन्दिरमा चलचित्र हेर्न आएको दर्शकले चलचित्रका नायक नायिका अनमोल र आना फिल्म हलमा देखादा एक छिन् त् सबै चिच्चाउन पुगे । जुन कलाकारको अभिनयको तारिफ सुनेर हलमा चलचित्र हेर्न गएका दर्शकले उनी कलाकारलाई आफ्नो अघि देखादा कराउदै सबै दर्शकले अनमोल र आनालाई घेरिन पुगे ।चलचित्र हलमा चलचित्र सुरु हुदा समेत दर्शक हल बाहिरै बसेर मोवाइल तथा क्यामेरा झिकेर उनीहरुको फोटो मात्रै खिचेनन कि धेरैले अनमोल, आना आफ्नो फोटो समेत खिचौना पुगे । अनमोल र आना आफ्नो अटोग्राफ सहित केहि दर्शकलाई चलचित्र गीतको सी. डी. समेत दिएका थिए ।
jerryy2चितवनका पत्रकार हरु सग कुरा गर्दै चलचित्रका नायक अनमोलले आफुले राम्रा अनि दर्शकको मन जित्ने चलचित्रमा मात्रै अभिनय गर्ने भन्दै यो चलचित्र बाट दर्शकले दिएको माया बाट अत्यन्तै खुसी रहेको बताउनु भयो ।तेस्तै नायिका आना शर्माले आफुले उनले अपेक्षाभन्दा बढि दर्शकको माया पाएको भन्दै अबको दिनमा अझै राम्रो कम गरेर देखाउने बताउनु भयो ।
jerryy1तेस्तै चलचित्रका निर्देशक हेमराज बीसी यसरि आफुले निर्देशन गरेको चलचित्र राम्रो सग तेश्रो हप्तामा चल्दा दर्शकको कुनै कमि न आउने र चलचित्रलाई दर्शकले माया गरेकोमा आफु धेरै नै उत्साहित भएका बताएका छन् । निर्देशक हेमराजले दर्शकको मायाले फिल्मी क्षेत्रमा अझै राम्रो गर्ने प्रेरणा प्रदान गरेको बताए ।
jerryy3वितरण कम्पनी पपकर्न पिक्चर्सका अनुसार ‘जेरी’ले दुई सातामा दुई करोड बराबरको कारोबार गरि सकेको छ । चलचित्र ‘जेरी’मा अनमोल केसीको अलाबा अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचन लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।चलचित्रलाई मनोज शेरचन र सम्राट गौचनले निर्माण गरेका हुन् ।
jerryy4

Namaste Filmy

Read Previous

चितवनमा 'जिन्दगी रक्स'को पत्रकार भेटघाट ।

Read Next

महिलाले बलात्कार गरेका थिए यी हिरोलाई ।