रापती म्यूजिक अवार्डमा पनि अर्जुन पोखरेललाई उत्कृष्ट संगीतकार अवार्ड

फाल्गुन ११ , आईतबार
आइतबार राजधानीको सभागृहमा राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७० सम्पन्न भयो । राष्ट्रिय रापती म्यूजिक अवार्डमा उत्कृष्ट गायक सुगम संगीततर्फ नरेन्द्र प्यासीले म त तिम्रो मान्छेबाट अवार्ड पाउन सफल भए भने उत्कृष्ट लोकदोहोरी गायक विरही कार्की र उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड देवी घर्तीले पाउन सफल हुनु भयो ।
1964555_704689176248045_436598700_n
तेस्तै सुगम संगीततर्फ उत्कृष्ट गायिका रिमा गुरुङ होडाल,सुगमसंगीतमा गीतकार भावेश भुमरी,उत्कृष्ट संगीतकारको अवार्ड भने राजु सिंह,संगीत संयोजकको अवार्ड अमूल कार्की ,ध्वनि मिश्रणको अवार्डबाट किशोर थापा,नवप्रतिभा सुगम संगीततर्फ काव्य आचार्य,सन्तोष अधिकारीले नवप्रतिभा सुगम गीतबाट उत्कृष्ट अवार्ड पाउन सफल भए । त्यसैगरी राष्ट्रिय रापती म्यूजिक अवार्ड २०७० उत्कृष्ट म्यूजिक भिडियो मोडलतर्फ गजित विष्टले र झरना थापाले अवार्ड पाएका छन् भने त्यस्तै युगल गायनमा रजिना रिमाल र वीपी वाग्लेले मेरो जीवनसाथी बाट अवार्ड पाउन सफल भए । लोकदोहोरीतर्फ भने उत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड गणेश चौलागाईंले प्राप्त गरे भने उत्कृष्ट भाकाको अवार्ड कस्तुप पन्तले प्राप्त गरे । लोकदोहोरी नवप्रतिभाको अवार्ड भने सरिता थापा हरपल तिम्रै र करन तामाङ माया गर्छन् धेरैबाट अवार्ड चुम्दै उत्कृष्ट बन्न सफल भए ।
arjun_dayaram
तेस्तै अहिलेको चर्चित तथा सफल संगीतकार अर्जुन पोखरेललाई चलचित्र मेरो जीवनसाथी उत्कृष्ट संगीतकारको अवार्ड पाउन सफल भए भने दयाराम पाण्डे उत्कृष्ट चलचित्र गीतकारको अवार्ड पाउन सफल भए । यस्तै चलचित्र मायाजबारबाट पाश्र्व गायिका दुर्गा परियार भइन् भने पाश्र्व गायक स्वरुपराज आचार्यले अवार्ड पाउन सफल भए ।। उत्कृष्ट पप गीत समीर आचार्यले प्राप्त गरे भने उत्कृष्ट राष्ट्रिय भावनाको गीतबाट भने देवेन गिरी उत्कृष्ट अवार्ड पाउन सफल भए । राष्ट्रिय रापती म्यूजिक अवार्ड नायक गजित विष्ट लगायतले नृत्य प्रस्तुत गरेका थिए भने दुर्गा परियार, काव्य आचार्य, नरेन्द्र प्यासी, झलक संगीतम् आदिले आफ्नो गित प्रस्तुत गरेका थिए ।

Namaste Filmy

Read Previous

नायिका पुजा चन्दले गरिन दोस्रो विवाह । फोटो फिचर ।

Read Next

आर्यन सिग्देल ‘नाइके बन्दै