‘रंग बैजनी’को पत्रकार भेट्घाट

राजेन्द्र कार्की
वरिष्ठ चलचित्रकर्मी शम्भु प्रधानद्धारा निर्देशित चलचित्र रंग वैजनी”कोआईतबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । निर्देशक शम्भु प्रधानद्धारा संचालनमा आइरहेको नुतन स्टुडियोमा भएको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक प्रधान, निर्मात्री तथा कथाकार नुतन प्रधान, छायाँकार शसाकं प्रधान, नायिका गरिमा पन्त, नायक दिक्पाल कार्की, कलाकार अर्जुन श्रेष्ठ लगायतकाको उपस्थित रहेको थियो ।
ranga baijani1पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक प्रधानले पुरानो अनुभवको आधारमा नयाँ र सरल विषयवस्तुमा चलचित्र निर्माण भएको बताउनु भएको छ । चलचित्र पत्रकारहरुको उल्लेख्य उपस्थितीका बिच निर्देशक प्रधानले लामो सयम पश्चात चलचित्रको निर्देशन गर्नुमा आफ्नो पुरानो नामलाई पुनः जीवीत गर्न चाहेको पनि बताउनुु भयो । त्यस्तै कथाकार नुतन प्रधानले आफुले समय सापेक्ष र नारीहरुका बिच रहने गरेको अन्तरद्धन्द्धका बिषयमा चलचित्र लेखन अवसर जुरेकोमा खुशी ब्यक्त गर्नु भयो । नायिका गरिमा पन्तले आफुृले आफ्नो चरित्र अनुसार न्याय गरेको र चलचित्र दर्शकहरुले रुचाइदिनु हुनेमा समेत आफु विश्वस्त रहेको बताउनु भएको छ । त्यस्तै राम्रो मोडल समेत रहनु भएका नायक दिक्पाल कार्कीले पारिवारीक कथावस्तु भइकन पनि चलचित्रमा नयापन रहेको छ । अत्यधिक रोचकता र कोतुहलता बिच चलचित्र बगीरहने भएको कारण पनि अवश्य पनि दर्शकहरुले चलचित्र रुचाइदिनु हुनेछ भन्नेमा विश्वास रहेको बताउनु भयो । चलचित्रमा चकलेटी नायक कार्कीका दुइ नायिकाहरु मध्ये अर्का नायिका सुमिना घिमिरेको भने कार्यक्रममा उपस्तिथी रहेन ।
ranga baijaniचलचित्र रंग वैजनी एक युग पछिको शम्भु प्रधानद्धारा निर्देशित चलचित्र रहेकाले पनि नेपाली चलचित्रको बजारमा विशेष अर्थ राख्ने छ । खासगरी त्रिकोणात्मक प्रेमकथामा आधारित भइकन पनि चलचित्रका विविध पक्षहरुका कारण चलचित्र प्रर्दशन अगावै विभिन्न टिकाटिप्पणीहरु हुन थालेकाले पनि यस चलचित्र प्रति निकै नै जनचासो बढ्न गएको छ । रंगवैजनी नामकरणमा समेत मिठो संयोजन रहेको छ । रातो र निलोको समिश्रण अर्थात रंगवैजनी । रातो विद्रोह र निलो शौम्य । यस प्रष्ट दुइ अर्थका कारण पनि चलचित्र प्रति दर्शकहरुको आकर्षण बढ्ने निश्चित छ ।
चलचित्रको मुख्य पात्रहरुमा डेब्यु नायक दिक्पाल कार्की, सार्क एवार्डबाट सम्मानित नायिका गरिमा पन्त, अनुभवी र खारिएकी नायिका सुमिना घिमिरे, पोख्त कलाकार अर्जुन श्रेष्ठ, चिरपरिचित चरित्रअभिनेत्री रश्मी भट्ट लगायत बालकलाकार प्रशन्ना रहेका छन । चलचित्रको छायाँकार निर्देशक शम्भु प्रधानका सुपुत्र शसांक प्रधान रहेका छन । चलचित्र यहि आउँदो शुक्रवार मंसिर १९ गतेबाट देशभरका ६० भन्दा बढी चलचित्र गृहहरुमा एकसाथ प्रर्दशन हुँदैछ ।

Namaste Filmy

Read Previous

काम गर्न नसके कुर्सीबाट थुतेर निकाल्नुस्: पोखरेल ।

Read Next

'जिन्दगी रक्स' नयाँ गीत रिलिज । भिडियो ।