मोदी भन्छन- सिनेमाले प्रहरीको छवि बिगार्यो ।

modi-pmभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउड फिल्मले भारतीय प्रहरीको छवि बिगारेको बताएका छन । गुहावटीमा आयोजित देशकै उच्च प्रहरी अधिकारीहरुको सम्मेलनमा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन । उनले सिधा शब्दमा भने कि सिनेमाले सर्वसाधरणको मनमा प्रहरीको खराब छवि बनाईदिएको छ ।
मोदीकोले फिल्म निर्माताहरुसँग भेट्ने र प्रहरीको राम्रो पक्ष बाहिर ल्याउनको लागी पिआर एजेन्सीको सहयोग लिने बताए । उनले भने यस छविलाई बदल्नको लागी एक लामो अवधिको रणनितिमा काम गर्नुपर्छ किनकी जनतामा सिनेमाको गहिरो असर छ ।
मोदीले अधिकांश हिन्दी फिल्ममा प्रहरीलाई खलनायकको रुपमा देखाउने गरेकाले यस्तो भएको बताए । उनले यसमा मिडियाको पनि महत्वपुर्ण भुमिका रहने गरेको बताए ।
एजेन्सी ।

Namaste Filmy

Read Previous

'जिन्दगी रक्स' नयाँ गीत रिलिज । भिडियो ।

Read Next

'चकलेट' को धमाधम सम्पादन । 'चकलेट'पछि निर्मल 'ब्रास्लेट' निर्देशनको तयारीमा