मङ्सिर २० गते बाट छायांकनमा 'हाउ फन्नी'

पुर्व मिस नेपाल माल्विका सुब्बाले एको चलचित्र निर्माण गर्न लागेको चलचित्र ‘हाउ फन्नी’को आउदो शनिवार अर्थात् मङ्सिर २० बाट छायांकन आरम्भ गर्ने भएको छ । बनस्थलीको एक अनाथ आश्रमबाट मुहुर्तसंगै छायांकन गरिने निर्देशक निलु डोमा शेर्पाले बताइन ।
How funnyरमाइलो सोसल ड्रामा ‘हाउ फन्नी’ ले गत साता तीन पात्रको लागि अडिसन पनि लिएको थियो । ४५ देखि ५० उमेरको ठकुरी बुवा , २० देखि ३० लन्ठु लभर र ३५ बर्ष बढीको महिलाको लागि ४० बढीले राजधानी स्थित मण्डला थियटरमा अडिसन दिएका थिए । महिलाको लागि भने अडिसन दिने संख्या न्यून भएकोले कोहि छानिएनन तर ठकुरी बुवामा शिशिर राणा र लन्ठु लभरमा विजय तिम्लिसेना छानिएका छन् ।
हामीले प्राय आफ्नै चिनेजनेकोलाई मात्र रोल अफर गर्छौ त्यसकारण अडिसन लिदा फ्रेस अनुहार आउछन भनेर अडिसन लिएका हौ अडिसन लिनुको कारणलाई निर्देशक शेर्पाले प्रस्ट्याइन ।फिल्म चलाउन पब्लिसिटी अन्यन्त आवस्यक भएकोले गर्दा फिल्म युनिटले प्रचार प्रसारात्मत गतिविधिमा सहभागी हुदै आएको छ । चलचित्र ‘हाउ फन्नी’दयाहाङ राई , प्रियंका कार्की , केकी अधिकारी , निशा अधिकारी , अनुप बिक्रम शाही लगायतको मुख्य अभिनय रहने छ । फिल्ममा कथा र परिकल्पना स्वयम् निर्देशक शेर्पाकै रहेको छ भने लेखन शान बस्न्यातको रहेको छ । यसमा संगीत शैलेश सिंह , सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहनेछ भने यसलाई हरि हुमागाईले खिच्ने छन् ।

Namaste Filmy

Read Previous

'टाईगर द रियल हिरो' नचले सन्यास लिन्छु :निर्देशक गिरि

Read Next

कामना अवार्डमा ‘महशुश’को वर्चस्व ।आर्यन र केकी सर्वोत्कृष्ट (सुची सहित)