दयाहाङ र प्रियंकाको सम्बन्ध- साथी भन्दा माथी ?

priyanka-and-dayahang3पछिल्लो समय अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको सम्बन्धलाई दर्शकले गम्भीर रुपमा लिन थालेका छन । हाल फिल्म ‘वडा नम्बर ६’ मा ब्यस्त रहेको यी दुई कलाकारको सम्बन्ध ‘साथीभन्दा माथी’ रहेको अनुमान लगाउन थालिएको छ ।
नायिका प्रियंका कार्कीले आफ्नो फेसबुक पेजबाट दयाहाङसँग खिचिएको तस्वीरहरु बारम्बार अपलोड गर्न थालेपछि बजारमा यस्तो हल्ला सुनिएको हो । कतिपय दर्शकले त उनीहरुबीच प्रेम सम्बन्ध रहेको पनि अनुमान गरेका छन । त्यस्तै कतिपयले विवाहित दयाहाङको घर बिगार्न खोजेको आरोपसमेत प्रियंकामाथी लगाएका छन । प्रियंकाले पोस्ट गरेको तस्वीरमा कमेन्ट गर्दै दर्शक तथा फ्यानहरुले यस्तो प्रतिक्रिया दिएका हुन । priyanka-and-dayahang1वास्तविकता जे जस्तो भए पनि विवाहित दयाहाङ र पतिसँग डिभोर्स गरिसकेकी प्रियंकाको सम्बन्ध साँच्चै निकट देखिएको छ । यो सम्बन्ध सिनेमाको पर्दामा मात्र हो वा वास्ताविक जीवनमा पनि, त्यो उनीहरुलाई नै थाहा होला । तर प्रियंकाले तस्वीरसँगै लेख्ने गरेका भावनात्मक स्टाटस् हेर्दा लाग्छ ‘दाल मे कुछ काला हे’ ।
स्मरण रहोस ‘झोले’ पछि यी दुईले ‘फन्को’मा अभिनय गरिसकेका छन । त्यस्तै ‘वडा नम्बर छ’ सकिएपछि केही दिनमै ‘हाउ फन्नी’मा पनि यो जोडी ब्यस्त हुनेछन ।   priyanka-and-dayahangpriyanka-and-dayahang2priyanka-and-dayahang5priyanka-and-dayahang7तस्वीरहरु: प्रियंकाको फेसबुकबाट ।

नोट: यो गसिप मात्र हो ।

Namaste Filmy

Read Previous

यी अभिनेत्री विवाहअघि पतिबाटै बालत्कृत ।

Read Next

आठ बर्षिया निर्देशकको चलचित्र ‘लभ यू बाबा’ लाई यूनिभर्सल सर्टिफिकेट