आर्यन सिग्देल ‘नाइके बन्दै

सुशन घिमिरे ,पोखरा,फागुन ११
पोखराको विन्दबासीनी मन्दिरमा आइतबार चलचित्र ‘नाइके’ शुभ मुर्हत गरिएको छ ।ब्ल्याक स्याडो प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुभ मुर्हत लगतै सुटिङको शुरुवात गरिएको छ ।नेत्र गुरुङको निर्देशनमा बन्न लागेको चलचित्र ‘नाइके’ शुभमुर्हत कार्यक्रममा नायक आर्यन सिग्देल, रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की लगाएतले सट दिएका थिए ।
Naike-Nepali-film-suru-700x466
आर्यन सिग्देल भिन्न रुपमा देखिन लागेको सो चलचित्र ग्याङस्टारहरुको कथामा आधारित रहने छ। नायक आर्यन सिग्देल, रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की,सारिका केसी, विजयराज सेन्चुरी, विकास बाँस्तोला, कृष्ण उदासी लगायतको अभिनय रहने चलचित्र ‘नाइके’ लाई जगदिश खनाल, आनन्द क्षेत्री, नारायण खनाल, संगीता पराजुली र रेशा गुरुङले मिलेर निर्माण गर्न लागेका हुन् भने चलचित्रको कार्यकारी निर्माताको रुपमा विष्णु हमाल रहेका छन् ।
1920442_10202664597968258_1918856811_n
करिब ५० लाखको लागतमा निर्माण गर्न लागिएको चलचित्रको छायांकन अर्जुन तिवारीले गर्दै छन् भने चलचित्र पोखरा र आसपासका क्षेत्रमा छायाँकन गरिने छ । सानुकुमार महर्जनको द्धन्द निर्देशक,राप्रकाश लिम्बु, रमण गायक र योगेश काजी बिसीको संगीत रहने छ ।
1535590_10202307361437568_1913074137_n

Namaste Filmy

Read Previous

रापती म्यूजिक अवार्डमा पनि अर्जुन पोखरेललाई उत्कृष्ट संगीतकार अवार्ड

Read Next

रहेनन् मेकअप म्यान साम्भा