डि कम्पनीको फन्दामा नायिका अनुष्का शर्मा

राजेन्द्र कार्की
नेपाली चलचित्र शानबाट रजतपटमा डेब्यू गरेकी नायिका अनुष्का शर्मा डि कम्पनीको फंदामा परेकी छिन । चलचित्र शानका निर्माता तथा मास इन्टरनेशल फिल्मस्को दोस्रो प्रस्तुती रहेको एक्सन प्रधान नेपाली चलचित्र डि कम्पनीको नायिका अनुष्का शर्मा अनुबन्धित भएदेखि रिलिजको क्रम नजिकिंदै जादां सम्म पनि उहांका फ्यानहरुले भने डि कंपनीको फन्दामा परिस् भन्न छाडेका छैनन् । डेब्यू चलचित्र शानले औसत ब्यापार गर्न सकेता पनि नायिका अनुष्का भने आफुलाई त्यस चलचित्रले राम्रो अभिनय गर्ने कलाकारको रुपमा चिनाएको बताउनु हुन्छ ।
anuskaनायक महेन्द्र यादवको एक्सनमा आफुले पनि दर्शकहरुका लागि थप एक्सनको मजा दिन खोजेको यस चलचित्रमा समेत आफुले अभिनय प्रति न्याय गरेको बताउनु भएको छ । म्यूजिक भिडियोमा राम्रै जम्न सकेकी र चलचित्र शानबाट प्राप्त प्रशंसाका कारण चलचित्र डि कंपनी पनि सफल रहनेमा विश्वस्त रहेको पनि बताउनु भएको छ । पौष ४ गते प्रर्दशनको क्रममा रहेको यस चलचित्रका खलपात्रका रुपमा प्रदिप ढकाल देखा पर्दैछन । मनोज श्रेष्ठको निर्देशन रहेको यस चलचित्रको अधिकांश छायांकन स्थल भने बुटवल, पाल्पाका क्षेत्रहरु परेका छन । दिपक परियार छायाकार रहेको यस चलचित्रका निर्मात्री मन्जु लक्ष्मी श्रेष्ठ हुन । वसन्त सापकोटा र राजेन्द्र श्रेष्ठको संगीत रहेको यस चलचित्रका कोरियोग्राफी भने विवेक थापाले गर्नु भएको छ । हिमाल केसीको द्धन्द्ध रहेको यस चलचित्रमा गाउंबाट शहरमा अध्ययनको शिलशिलामा आएकी युवती कसरी तस्करको चगुंलमा फस्न पुग्छीन भन्ने कथालाई समेटने प्रयास गरिएको छ ।

Namaste Filmy

Read Previous

आठ बर्षिया निर्देशकको चलचित्र ‘लभ यू बाबा’ लाई यूनिभर्सल सर्टिफिकेट

Read Next

बलिउड अभिनेता देवेन बर्माको निधन ।