झन्डै मरिन एन्जेलिना जोली ।

Anjelina_joliचर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली हालै दुर्घटना कार दुर्घटनामा परेकी छिन । लस एन्जलसमा पानी परिरहेको बेला कार चिप्लिएर अनियन्त्रित भएको बताइएको छ ।
एक वेभसाइटका अनुसार जोली आइतबार आफ्नो नयाँ फिल्म ‘अनब्रोकन’ को स्कृनिङमा सहभागी भई फर्किदै थिइन । अचानक कारको टायर केहि चीजमा ठोकियो जसकारण कारको दुवै टायर खराब भयो । त्यसपछि कार अनियन्त्रित भई भित्तामा ठोकिन पुगेको बताइन्छ ।
उनको कारलाई अर्को कारले बाहिर तान्नुपरेको थियो । उक्त कारभित्र सवार रहेका अभिनेत्री जोलीलाई कुनै किसिमको गम्भीर चोट नलागेको बताइन्छ । प्रत्यक्षदर्शीले भने यति भयानक दुर्घटना हुदाँ पनि जोलीलाई केहि नहुनुमा उनलाई भाग्यको साथ दिएको बताएका छन ।

Namaste Filmy

Read Previous

बन्ने भयो हरर फिल्म 'धागो' ।

Read Next

आफैंले लगाएको कपडा बेच्दैछिन् सोनम ।