'नाई नभन्नु ल ४' बन्ने । हिरोमा आर्यन पक्का ।

nai-navannu-la-3-priyanka-n-aryan
‘नाइ नभन्नु ल ३’ मा आर्यन र प्रियंका

सिक्वेलको श्रृङखलालाई निरन्तरता दिदै ब्लकबस्टर फिल्म ‘नाइ नभन्नु ल’ को चौथो सिक्वेल पनि बन्ने भएको छ । यसअघि फिल्मको पहिलो र दोस्रो सिक्वेल सुपरहिट भएको थियो भने तेस्रो सिक्वेल अर्थात ‘नाइ नभन्नु ल ३’ निर्माणको क्रममा छ ।
अर्को बर्ष अर्थात २०७२ सालको बैशाखबाट छयांकन थालिने ‘नाइ नभन्नु ल ४’ को स्कृप्ट तयार भइसकेको छ । निर्देशक बिकास आचार्यले फिल्मको स्कृप्ट तयार पारेका हुन । फिल्मलाई स्वयम बिकासले निर्देशन गर्छन या अरु नै निर्देशक रहन्छन निश्चित छैन । फिल्मको दुई श्रृङखला निर्देशन गरेको आचार्य तेस्रो श्रृङखलामा भने संरक्षक बनेका थिए । उनकै सहायक मुस्कान ढकाल तेस्रो श्रृङखलाका निर्देशक हुन ।
फिल्मको चौथो सिक्वेलमा ब्यस्त नायक आर्यन सिग्देल रहने पक्का भइसकेको छ । आर्यन ‘नाइ नभन्नु ल ३’ बाट बिकास आचार्यको क्याम्पमा प्रवेश गरेका हुन । यसअघि ‘नाइ नभन्नु ल’ को दुई श्रृङखलामा अर्का ब्यस्त हिरो जीवन लुइटेल जमेका थिए । त्यस्तै यसअघि दोस्रो र तेस्रो श्रृङखलामा लिइएका नायिका प्रियंका कार्की चौथो श्रृङखलामा हुन्छ या हुदैनन निश्चित छैन ।
यता निर्माणको क्रममा रहेको ‘नाइ नभन्नु ल ३’ भने आउदो चैत्र २७ गते प्रदर्शन गर्ने योजना छ । फिल्ममा आर्यन र प्रियंकाको अलवा, अनुभव रेग्मी, सुरज सिहं ठकुरी, संयम पुरी, आश्मा डीसी लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

आफैंले लगाएको कपडा बेच्दैछिन् सोनम ।

Read Next

के गर्दै छिन् रेखा थापा हेलिकप्टरमा ?