के गर्दै छिन् रेखा थापा हेलिकप्टरमा ?

मंसिर १५ गते मंगलबार मध्यान्ह् अभिनेत्री रेखा थापा एक एक हेलिकप्टरमा चलचित्र सुटिंग गरेको अवस्थामा भेटिन पुगिन ।सविर श्रेष्ठ निर्मित एवं निर्देशित फिल्म ‘तथास्तु’ को सुटिंगको सिलसिलमा काठमाण्डू एयरपोर्टदेखि भक्तपुरको तेलकोट डाँडाँसम्म हेलिकप्टर हायर गरेका थिए ।
rekhaरेखाको उक्त उडानबारे निर्देशक एवं निर्माता श्रेष्ठले केही पनि खुलाउन नमिल्ने बताए । गोपनियता खुल्ने डरले नै छायाँकनमा प्रेसलाई निम्त्याइएको थिएन । मंगलबार तेलकोटमा हेलिकप्टरमा अभिनेत्री रेखा थापा अनि अभिनेता किशोर खतिवडाको दृश्य खिचियो । फिल्म पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेपनि हेलिकप्टरको दृश्य भने यसैसाता खिचिएको हो । यतिबेला ‘तथास्तु’ को चक्रपथस्थित रेड स्टुडियो किन्डलमा पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।
rekha 1पुस २५ बाट प्रदर्शन आउन लागेको चलचित्र ‘तथास्तु’ ‘कहिले माया स्याड फेस’ बोलको गीत अहिले बजारमा चर्चामा रहेको छ ।चलचित्र ‘तथास्तु’मा रेखाको अलाबा किशोर खतिवडा, सुवास थापा र नव कलाकार विज्ञान जोशी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।रोशन श्रेष्ठको द्धन्द्ध ,रामजी लामिछाने र कविराज गहतराजको नृत्य,बसन्त सापकोटाको संगीत रहने चलचित्र “तथास्तु’छायांकन बाबु श्रेष्ठ र स्क्रिप्ट जगदिश्वेर थापाको रहेको छ ।चलचित्रलाई रामहरी धितालले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

'नाई नभन्नु ल ४' बन्ने । हिरोमा आर्यन पक्का ।

Read Next

नेपालमा खिचिएको हिन्दी फिल्म 'बेबी'को ट्रेलर रिलीज (भिडियो सहित )