'डी सिने फिल्म अवार्ड २०७१'मा पनि आर्यन र केकी नै उत्कृष्ट (सूची सहित )

बुधवार सम्पन्न ‘डी सिने फिल्म अवार्ड २०७१’मा आर्यन सिग्देल र केकी अधिकारीले फिल्म ‘महशुस’बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका छन् ।आर्यन र केकीले गएको सोमबार मात्रै ‘सिजी कामना फिल्म अवार्ड’मा ‘महशुस’ फिल्मबाट नै उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड पाएका थिए । आर्यनले यस पाली पनि बैशाखीको साहारामा अवार्ड थाप्न पुगेका थिए भने केकी अष्ट्रेलियामा रहेकाले आफ्नो अवार्ड आँफैले लिन पाइनन् । काठमाण्डौको प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना भएको अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीहरुको उल्लेख्य उपस्थिती थियो ।
d cine awardडीजिटल प्रविधिमा बनेका चलचित्रहरुलाई मात्र अवार्ड प्रदान गर्दै आएको छायााछवि क्रियशनले अवार्डको आयोजना गरेको हो ।समारोहमा क्रिटिक्स अवार्डबाट नायिकातर्फ नम्रता श्रेष्ठ, नायक तर्फ अर्पण थापा पुरस्कृत भए । यस्तै, छायांकार संजय लामा पनि क्रिटिक्स अवार्ड पाउन सफल भए । यस्तै, प्रोत्साहन अवार्ड फेशन डिजाइनर निलिमा शर्मालाई प्रदान गरियो भने पब्लिक च्वाइस अवार्ड चलचित्र ‘मोक्ष’का कलाकार कोशिश क्षेत्रीले प्राप्त गरे ।यस्तै, कार्यक्रममा ‘चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरियो । ‘छायााछवि पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित प्रदान गरियो ।कार्यक्रममा ‘जुरी अवार्ड’बाट भने चलचित्र ‘मौन’का निर्देशक सुरज भुषाल पुरस्कृत भए ।
d cine award2अवार्ड कार्यक्रममा प्रस्तुत गरिएका विभिन्न नृत्य, गायन र कमेडी पाटोले दर्शकलाई मनोरञ्जन दिएका थिए । फिल्म ‘जिन्दगी रक्स’का कलाकारको नृत्यबाट सुरु भएको अवार्ड कार्यक्रममा हाँस्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको कमेडीले अझ रोचक बन्यो । फिल्म ‘अधकट्टी’का कलाकारहरु गौरव पहारी, रिस्ता बस्नेत, प्रदिप बाँस्तोला र अशिष्मा नकर्मीले फिल्मकै गीतमा नृत्य गरे । फिल्म ‘अलबिदा’को गीत गाउन स्टेजमा गायक ताराप्रकाश लिम्बु र गायिका रजिना रिमाल देखिए । नव गायिका मेलिना राईले ‘नाईं नभन्नु ल ३’को गीत गाईन् भने रजनी केसीले ‘प्रवास’को गीतमा डान्स गरिन् । ‘लभ यू बाबा’का कलाकारहरु गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरेले कोरियोग्राफर गम्भिर बिष्टको साथमा फिल्मका विभिन्न गीतमा नृत्य गरे । अवार्ड समारोहमा फिल्म ‘जन्मभूमि’को गीतमा पनि कलाकारले आकर्षक नृत्य गरेका थिए ।
d cine award 3
यसप्रकार छ अवार्ड पाउनेहरूको सूची :
१. उत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
२. उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
३. उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त (लोफर)
४. उत्कृष्ट नृत्य निर्देशक : शंकर वीसी (बितेका पल)
५. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
६. उत्कृष्ट गायिका : दुर्गा परियार (महशुश)
७. उत्कृष्ट गायक : प्रेम परियार (नाई नभन्नु ल २)
८. उत्कृष्ट संगीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २)
९. उत्कृष्ट नव नायिका : पुजा शर्मा (मधुमास)
१०. उत्कृष्ट नव नायक : श्याम अर्याल (प्रोड्यूसर)
११. उत्कृष्ट नव निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
d cine award1
१२. उत्कृष्ट खलपात्र : राजवल्लभ कोइराला (छ एकान छ)
१३. उत्कृष्ट चरित्र अभिनय : शैलेश आचार्य (छ एकान छ)
१४. उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की (नाई नभन्नु ल २)
१५. उत्कृष्ट सह–अभिनेता : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट लेखन : दीपकराज गिरी (छ एकान छ)
१७. उत्कृष्ट सम्पादन : विपिन मल्ल (बितेका पल)
१८. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (छ एकान छ)
१९. उत्कृष्ट नायिका : केकी अधिकारी (महशुश)
२०. उत्कृष्ट नायक : आर्यन सिग्देल (महशुश)
२१. उत्कृष्ट निर्देशक : विकास आचार्य (नाई नभन्नु ल २)
२२. उत्कृष्ट चलचित्र : (मोक्ष)

Namaste Filmy

Read Previous

‘तथास्तु’ को ट्रेलर रिलीज । रेखा एक्शन अबतारमा (भिडियो सहित )

Read Next

आर्यन र हसनलाई देख्दा पल्लवी बदनाम ! (भिडियो सहित)