आर्यन र हसनलाई देख्दा पल्लवी बदनाम ! (भिडियो सहित)

आउदो पौष २५ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘अलबिदा’ को आइटम गीतसार्वजनिक गरिएको छ । ‘हुन्छु कि म बदनाम’ बोलको सार्वजनिक गीतमा
पल्लवी भट्टले कम्मर मर्काउदै नाचेकी छिन् भने गीतमा आर्यन सिग्देल र हसनराजा खानलाई पनि देखन सकिन्छ | संगीतकार तारा प्रकाश लिम्बुको संगीतमा मनिषा पोखरेलको स्वर तथा नरेश भट्टराईको लेखन रहेको सो गीतलाई रोहन नेपालीले कोरियोग्राफी गरेका हुन् |भिडियोलाई राजु पेन्टरले तयार गरेको नयाँ आकर्षक सेटमा खिचिएको छ |
10833847_749046168510646_1705939396_nमुस्लिम र हिन्दू समुदायका भिन्न सामाजिक संस्कार र परम्परा भएका तीन पात्र र उनिहरु बीचको त्रिकोणात्मक प्रेमकथालाई उठान गरि निर्माण गरिएको चलचित्र ‘अलबिदा’लाई लक्ष्मण रिजालको निर्देशन गरेका हुन् ।चलचित्रमा आर्यन सिग्देल ,अनिता आचार्य, हसनराजा खान,नगेन्द्र रिजाल, मोहन निरौला ,पंकज राज जोशी लगायतको कलाकारको अभिनय रहेको छ । केहि समय अघि सार्वजनिक गरिएको चलचित्रको ‘जिन्दगिको दुइ पल’बोलको अहिले बजारमा राम्रै चर्चा पाउन सफल भएको छ ।एचआरके फिल्मस्को ब्यानरमाहसन खानले निर्माण रहेको चलचित्र ‘अलबिदा’ मा केशव घिमिरेले समेत लगानी गरेका छन् ।चलचित्रमा रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा ,सम्पादन बिपिन मल्ल रहेको छ ।
गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

'डी सिने फिल्म अवार्ड २०७१'मा पनि आर्यन र केकी नै उत्कृष्ट (सूची सहित )

Read Next

१९ बर्षमै बलात्कृत भएकी थिइन् यी गायिका ।