रहेनन् मेकअप म्यान साम्भा

फागुन १२
नेपाली चलचित्र क्षेत्रका पुराना मेकअप म्यान साम्भा दिनकर पाटिल (शम्भु क्षेत्री)को निधन भएको छ । आईतवार राती पौने दश बजे काठमाण्डौको विर अस्पतालमा उपचारको क्रममा उहाको निधन भएको हो ।
asदुई वर्ष देखि आन्द्राको समस्या देखिएको साम्भालाई केहि दिन अगि मात्रै उहालाई विर अस्पतालमा भर्ना गरिएको थियो ।साम्भाको सबलाई श्रद्धाञ्जलीको लागि बिहान ७ बजे अस्पतालमा राखिने छ भने अन्तिम श्रद्धाञ्जलीको लागि भने पशुपती आर्यघाटमा बिहान ९ बजेसम्म राखिने छ ।करिब ३५० चलचित्रमा मेकअप म्यान गरि सकेका साम्भाले २०४० सालमा ‘बासुदेब’ आफ्नो चलचित्र मेकअप म्यान यात्रा सुरु गरेका थिए । चलचित्र ‘बासुदेब’ चलचित्रका अर्का मेकअप म्यानको आमाको निधन कारण सोहि चलचित्र बाट मेकअप म्यानको कम थालेको भए पनि उनले मेकअप म्यानको सुरु गरेको चलचित्र भने कुसुमे रूमाल हो ।कुसुमे रूमालबाट फिल्मबाट मेकअप म्यानको पेशा अंगालेका साम्भा अधिकांश श्रृङ्गार कर्ताको गुरु मानिन्छन् । साम्भा दिनकर पाटिल (शम्भु क्षेत्री)को निधनमा एक दिन सुटिङ नगर्न प्राविधिकसंघ सबैलाई आग्रह गरेको छ ।पुराना मेकअप म्यान साम्भा दिनकर पाटिल (शम्भु क्षेत्री)को निधनमा दिवांगत आत्मको चीरशान्तिको कामना गर्दै नमस्ते फिल्मी डट कम परिवार भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ ।
 
 

Namaste Filmy

Read Previous

आर्यन सिग्देल ‘नाइके बन्दै

Read Next

सवैभन्दा बढि कमाउछन हलिउड अभिनेत्री एन्जेलिना जोली ।