चितवनमा कान्छा निर्देशकको 'लभ यु बाबा' ।

Love-u-babaफिल्म पब्लिसिटीका लागी मोफसल दौडाहामा निस्किएका ‘लभ यु बाबा’ टोली चितवन पुगेको छ । बिहिबार चितवनमा पत्रकार भेटघाट गर्दै फिल्मको बारेमा जानकारी दिइयो ।
पत्रकार भेटघाटमा बोल्दै बिश्वकै सबैभन्दा कान्छा निर्देशक बन्ने तयारीमा रहेका सौगात विष्टले फिल्म अरुभन्दा पृथक रहेको र फिल्मले सबैको मन छुने विश्वास ब्यक्त गरे । उनले अन्य निर्देशकको काम मन नपरेरै आफु निर्देशक बनेको र आफुलाई निर्देशक बन्न परिवारबाट ठुलो सहयोग मिलेको बताए ।
त्यस्तै फिल्मका मुख्य अभिनेता तथा निर्देशक सौगातका पिता गजित बिष्टले फिल्ममा चाहिने सबै मसलाहरु लभ यु बाबामा रहेको बताए । सेन्सर बोर्डका पदाधिकारीहरु फिल्म हेरेर रोएको बताउदै उनले फिल्मले हरेक दर्शकको मन छुने बताए । सबैलाई एकपटक फिल्म हेरिदिन पनि उनको आग्रह थियो । Love-u-baba1पत्रकार भेटघाटमा फिल्मका निर्मात्री सम्झना पोखरेल, कलाकार संगम बिष्ट, पुस्कर रेग्मी लगायतको पनि उपस्थिति थियो । उपस्थिति दर्जन बढी पत्रकारहरुले फिल्मको ट्रेलर तथा गीतसँगीत आफुहरुलाई मन परेको र फिल्म पनि राम्रो बनेको हुनसक्ने बताए ।
स्मरण रहोस फिल्मका निर्देशक सौगात बिष्ट बिश्वकै सबैभन्दा कान्छा निर्देशक बन्ने तयारीमा छन । फिल्म प्रदर्शनपछिको केहि प्रक्रिया पुरा भएलगतै उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा कान्छा निर्देशकको रुपमा लेखिने अभिनेता गजित बिष्टले बताए । Love-u-baba2फिल्म ‘लभ यु बाबा’ यहि मंसिर २६ गतदेखि प्रदर्शनको तयारीमा छ । डान्स फिभरको प्रस्तुतीमा बनेको फिल्मलाई सौगात बिष्टले निर्देशन गरेका हुन भने सम्झना पोखरेलले निर्माण गरेकी हुन । फिल्ममा गजित बिष्ट, संगम विष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतको अभिनय रहेको छ।

Namaste Filmy

Read Previous

'गङनम स्टाइल'ले तोड्यो युटुबको 'भ्यु लिमिट' ।

Read Next

निशा फिल्ममा भन्दा म्यूजिक भिडियमा नै जम्दै ! (भिडियो सहित )